arrow

टीकापुर घटनामा संलग्न भएका २० आरोपी पुर्पक्षका लागि कारागार चलान

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
806990882.jpeg
कर्ण कुँवर, टीकापुर। गत भदौ ७ गतेको टीकापुर घटनामा संलग्न भएको आरोपमा प्रहरी हिरासतमा रहेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण चौधरी ‘रोशन’सहित २० जनालाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि आज आइतबार कारागार चलान गर्नुका साथै  दुई जनालाई अभिभावक र वालसुधार गृहको जिम्मा लगाउने आदेश दिएको छ ।   
 
प्रहरी एसएसपी लक्ष्मण न्यौपाने र २ वर्षीष नावालक टेकेन्द्र साउँद सहित ९ जनाकोे हत्या अभियोगमा पक्राउ परेका विरूद्धको कर्तव्य ज्यान मुद्दामा आज भएको थुनछेक वहसपछि अदालतले उक्त आदेश दिएको हो ।
 
जिल्ला अदालत कैलालीका सूचना अधिकारी शेरबहादुर बिष्टका अनुसार उक्त मुद्दामा जिल्ला अदालत कैलालीको जिल्ला न्यायाधीश भुवनसिंह थापाको इजलासले धनगढी नगरपालिका वडा नं.–३ का लाहुराम चौधरी, पथरैया गाविस वडा नं.–१ का विषराम चौधरी, मुनुवा गाविस वडा नं.–१ का दिलबहादुर चौधरी, बीरबहादुर चौधरी, राजकुमार चौधरी, सुन्दरलाल कठरिया, मुनुवा गाविस वडा नं.–४ का प्रदीप चौधरी, राजकुमार कठरिया, हरिनारायण चौधरी, जोशीपुर गाविस वडा नं.–४ का रामप्रसाद चौधरी, थापापुर गाविस वडा नं.–५ का किसनलाल चौधरी, नरूल अली जागा भनिने तहोबर अली जागा, सन्तराम चौधरी, थापापुर गाविस वडा नं.–७ का राजेश चौधरी, बृजमोहन डगौरा, विषराम भनिने जीतबहादुर डगौरा, टीकापुर नगरपालिका वडा न.–३ का रामनरेश चौधरी, टीकापुर नगपालिका वडा नं.–५ का सङ्गम भनिने सन्तोष थारू र भजनी त्रिशक्ति नगरपालिका वडा नं.–७ का प्रेमबहादुर चौधरीलाई पुर्पक्षका लागि कारगार गर्ने आदेश दिएको हो ।
 
त्यस्तै मुनुवा गाविस वडा नं.–४ हिम्मतपुरका १४ वर्षीय करन चौधरी र १५ वर्षीय श्रवण चौधरीलाई नावाल भएकोले वालवालिका ऐन २०४८ बमोजिम करनलाई अभिभावक र श्रवणलाई वाल सुधार गृहको जिम्मा लगाउन आदेश दिएको छ ।            
 
टीकापुर घटनामा संलग्न भएको अभियोगमा फरार रहेका ३६ जनाविरूद्ध ७० दिने वारेण्ट जारी गरिने समेत अदालतले जनाएको छ । सरकारका तर्फबाट टीकापुर घटनामा संलग्नमाथि मुलुकी ऐनको कर्तव्य ज्यान सम्बन्धी महलको १३.१ र १३.४ बमोजिमको सर्वस्वसहित जन्मकैद र जन्मकैद सजाय माग दावी गरिएको छ । उक्त मुद्दामा वतन नखुलेका थप ५३ जना उपर समेत वन खुलेका बखत कावाही अघि बढाइने जनाइएको छ । 
 
को को छन् फरार सूचीमा ?
टीकापुर घटना मुद्दामा थारू कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, थरूहट थारूवान संयुक्त संघर्ष समिति कैलाली क्षेत्र नं. १ का संयोजक एवं राजेन्द्र महतो नेतृत्वको सद्भाना पार्टी उपाध्यक्ष रेशमलाल चौधरी, टीकापुरका पूmलराम चौधरी, बालकृष्ण चौधरी ‘विकास’, चमन चौधरी, शिवकुमार चौधरी, खुशीराम चौधरी, रामलाल चौधरी, भागी।राम चौधरी, धनसिंहपुर गाविसका बाबुराम चौधरी, रामबहादुर चौधरी, नारायणपुर गाविसका विषराम चौधरी, सूर्य चौधरी, थापापुर गाविसका रामचन्द्र चौधरी, ईश्वरीप्रसाद चौधरी, बन्धराम चौधरी, सीताराम चौधरी ‘विद्रोही’, सन्तकुमार चौधरी, सीताराम कठरिया, भीमबहादुर चौधरी, जोशीपुर गाविसका सुरजनियाँ हास्नु, गंगाराम चौधरी, चुन्नीराम चौधरी, मुनुवा गाविसका दिनेश कठरिया, डम्बर कठरिया, सानु रावत, बिमल रावत, सन्दीप बडायक चौधरी, शिवराज कठरिया, बलराम चौधरी, निरज राना, साजराम चौधरी, लम्की चुहा नपा वडा नं.–११ का लहानु चौधरी र भजनी त्रिशक्ति नपा वडा नं.–७ का रमेश चौधरीसमेत फरार सुचिमा रहेकाछन् ।  
 
एक अध्यक्ष र दुई शिक्षक पनि जेल चलानः
टीकापुर घटनामा संलग्न भएको आरोपमा जेल चलान हुनेमा जोशीपुर गाविस वडा नं. ४ झवहीका रामप्रसाद चौधरी राष्ट्रिय माध्यमिक विद्यालय डहरवेहरियाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुन् भने थापापुर गाविस वडा नं. ५ खैराका सन्तराम चौधरी त्रिपुरा सुन्दरी निम्न माध्यमिक विद्यालय खैरा कैलाली र टीकापुर नगरपालिका वडा नं. ३ नुक्लीपुरका रामनरेश चौधरी बर्दियाको राजापुर नगरपालिका वडा नं. २ चनौरास्थित कालिका माध्यमिक विद्यालयका शिक्षक पनि हुन् ।
 
को–को मारिएका थिए टीकापुर घटनामा ?
भदौ ७ गतेको आततायी घटनामा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशब बोहरा, प्रहरी हवल्दारद्वय श्यामबहादुर खड्का, जनक नेगी र प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउँद र सशस्त्र हवल्दार रामबिहारी थारूलाई थरूहट थारूवान पक्षधर आन्दोलनकारीहरूले नियन्त्रणमा लिइ भाला, खुकुरी र धारिलो हतियार प्रहार गरी आगो लगाएर हत्या गरेका हुन् । त्यस्तै आक्रमणकारीहरूले सशस्त्र प्रहरीका सहायक हवल्दार नेत्रबहादुर साउँदका टीकापुर नगरपालिका वडा नं. ९ स्थित घर मै खेलिरहेका २ वर्षीय छोरा टेकेन्द्र साउँदको टाउकोमा पेस्तोल प्रहार गरी हत्या गरिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ