arrow

किम जोङका सौतेली भाइ हत्याको आरोप दुई महिलामाथि

logo
प्रकाशित २०७३ फागुन १९ बिहिबार
Kim_Jong_UN.jpg.jpeg
सेपाङ (मलेसिया)। मलेसियाको अदालतले उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनका सौतेली भाइ किम जोङ्ग नामको हत्यामा संलग्न रहेको भन्दै दुईजना महिलामाथि आरोप लगाएको छ । कडा सुरक्षाका बीच बुधबार अदालतले उनीहरूलाई आरोप प्रमाणित भएको खण्डमा फाँसी (झुन्ड्याएर मार्ने) को सजाय दिने चेतावनी दिएको छ । 
 
दुई हप्ता अगाडि पक्राउ परेका उनीहरूलाई अदालतबाट बाहिर निकाल्दा “बुलेटप्रुफ भेस्ट” लगाई दिइएको थियो । हत्याको लगत्तै दुई हप्तासम्म गरिएको विस्तृत अनुसन्धानको नतिजापछि ती दुई जना महिलामाथि हत्याको आरोप लगाउँदै मलेसियाको महान्याधिवक्ताको कार्यालयले मुद्दा दायर गरेको थियो । 
 
निज महिलाहरूमाथि मलेसियाली फौजदारी ऐन (पेनाल कोड)को धारा ३०२ (हत्या) बमोजिम अदालतमा मुद्दा दायर गरिएको मलेसियाली महान्याधिवक्ताको कार्यालयका अधिकारीले बताएका छन् । 
 
दक्षिण कोरियाले उत्तर कोरियाका नेता किम जोङ उनले किम जोङ नामलाई हत्या गर्न लगाइको बताएको छ । बाहिरबाट ल्याएर खटाइएका व्यक्तिहरूबाट नै नामको हत्या भएको दक्षिण कोरियाको भनाई छ । 
 
इन्डोनेसियाकी २५ वर्षीय सिती एईस्याह र भियतनामकी २८ वर्षीया दोअन थी हौङलाई फेब्रुअरी १३ का दिन मलेसियाको क्वालालामपुर अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । 
 
उनीहरूले मकाउतर्फ उडानका लागि तयारी गरिरहेका बेला नामलाई बेहोस पार्ने कडा खालको रासायनिक पदार्थको प्रयोगगरी विमानस्थलमै हत्या गरेको सीसीटीभीले खिचेका दृश्यहरूमा देखाइएको बताइएको छ । सो रासायनिक पदार्थ उनीहरूले नामको अनुहारमा प्रहार गरेको दृश्यमा देखिएको छ । 
 
उनीहरूले आक्रमण गरेको २० मिनेटमै किमको मृत्यु भएको दृश्यहरूमा देखिएको अधिकारीहरूले बताएका छन् । घटनामा संलग्नमध्ये सितीले रातो टिसर्ट लगाएकी थिइन् भने हौङ पहेलो पोशाकमा रहेकी थिइन् । अरु चार जनाले पनि उनीहरूलाई सघाएको बताइएको छ । ती चारै जनाको अहिले पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ