arrow

स्याङ्जाका आठ क्याम्पसमा पाँच नेविसंघको कव्जामा

इतिहास रच्दै गल्याङ बहुमुखी क्याम्पस

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ फागुन १९ बिहिबार
FSU.jpeg
स्याङ्जा। स्वतन्त्र विद्यार्थी युनियनको १८ गते भएको निर्वाचनमा स्याङ्जाका आठ क्याम्पस मध्ये पाँच क्याम्पसमा नेपाल विद्यार्थी संघले कव्जा जमाउन सफल भएको छ । १८ गते बुधवार जिल्लाका सात क्याम्पसमा निर्वाचन भएको थियो भने एक क्याम्पसमा १४ गते नै निर्विरोध चयन भएको थियो । सात क्याम्पसमा भएको निर्वाचन अनुसार पाँच क्याम्पसमा नेविसंघले स्ववियु निर्वाचन जितेको छ भने दुई क्याम्पस अनेरास्ववियुले जित हात पारेको छ । वालिङ बहुमुखी क्याम्पसको भने मतदान प्रक्रिया पुरा भएपनि मतगणना भने स्थगित भएको छ । 
 
नेपाल विद्यार्थी संघले चापाकोट बहुमुखी क्याम्पस, गल्याङ् बहुमुखी क्याम्पस, त्रिभुवन आर्दश क्याम्पस, मालुङ्गा बहुमुखी क्याम्पस र राधादामोदर संस्कृति बहुमुखी क्याम्पसमा विजयी प्राप्त गरेको छ भने सिद्धार्थ बहुमुखी क्याम्पस र मिर्मि बहुमुखी क्याम्पसमा अनेरास्ववियुले जित हात पारेको छ । चापाकोट बुहुमुखी क्याम्पसमा सविन डोटेल सभापतिमा निर्वाचित भएका छन् भने अन्य पदमा अनेरास्ववियु निर्वाचित भएको बताइएको छ । सचिव पदमा नेविसंघ र अनेरास्ववियुका उमेदवारको मतपरिणाम वरावरी भएपछि गोलापर्थाबाट छुट्टाउने प्रयास पछि अनेरास्ववियुलाई  परेको बताइएको छ । त्यसै गरी गल्याङ बहुमुखी क्याम्पसमा प्रेमनारायण रेग्मीले इतिहास रच्दै सभापतिमा निर्वाचित भएका छन् भने अन्य पदमा अनेरास्ववियुले विजयी हासिल गरेको छ । गल्याङमा पनि सचिव पदमा वरावरी मत परेपछि गोलापर्थाबाट छुट्टाउदा अनेरास्ववियुलाई नै हात परेको छ । 
 
त्यसै गरी त्रिभुवन आर्दश बहुमुखी क्याम्पसमा सुनिल चापागाईको सभापति पद सहित सबै प्यानल जित्न सफल भएको छ । अत्याधिक मतले क्याम्पसमा नेविसंघले जित्न सफल भएको नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष अजित क्षेत्रिले जानकारी दिए । मालुङ्गा बहुमुखी क्याम्पसमा खगेन्द्र भण्डारी सभापति सहित नेविसंघको सबै प्यानलले जित हात पार्न सफल भएको छ । राधादामोदर संस्कृति बहुमुखी क्याम्पसमा भने फागुन १४ गते नै नेविसंघको तर्फबाट सुदिप पाठक सभापति सहित सबै प्यानल निर्विरोध चयन भएका छन् । 
 
लामो समय आफ्नो स्ववियुको पकड बनाउदै आएको गल्याङ बहुमुखी क्याम्पसमा भने यो पटकको निर्वाचनमा सभापति नेविसंघले जित्न सफल भएको छ । अन्यपदमा अनेरास्ववियुले जित हात पारेपनि सभापति जस्तोपदमा नेविसंघले जित हात पार्नु इतिहास रचिएको नेविसंघ क्षेत्रिय सभापति धनराज पौडेलले बताए । यता वालिङ बहुमुखी क्याम्पसमा भने निर्वाचन अधिकृत र मतदान अधिकृतको लापरवाहिका कारण मतगणना स्थगित भएको छ । ७ सय ३२ मत खसेकोमा १ सय मत गन्ने क्रममा ७ ओटा मतपत्रमा दुवै अधिकृतले हस्ताक्षर नगरेको मतपत्र भेटिएपछि विवाद सिर्जना भएको थियो । कुनै निस्कर्ष निस्कन नसकेपछि मतगणनालाई स्थगित गरिएको छ । अहिले सम्म वार्ता र संवाद चलेपनि कुनै निष्कर्स निस्कन सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ