arrow

डा. शेखर कोइरालाले तिलगंगामै गराए मोतिविन्दुको शल्यक्रिया

logo
प्रकाशित २०७३ फागुन २० शुक्रबार
shekhar-Koirala.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेता डा. शेखर कोइरालाले नेपालमा नै आँखाको मोतिविन्दुको शल्यक्रिया गराएका छन् । फाल्गुण ११ गते वुधवारका दिन तिलगंगा आँखा प्रतिष्ठानमा वरिष्ठ चिकित्सकहरुको टोलीद्वारा उनको सफलतापूर्वक शल्यक्रिया गराईएको हो । शल्यक्रियामा प्रयोग भएको इन्ट्राअकुलर लेन्स तिलगंगा आँखा प्रतिष्ठानमा नै उत्पादन गरिएको हो । हाल नेता कोइराला आफ्नो नियमित कृयाकलापमा फर्किसकेका छन् । 
 
उनको यो उपचारले नेपालको आँखा रोगको उपचारका लागि नेपाल पूर्णरुपले सक्षम छ भन्नेबारे आम मानिसमा सकारात्मक सन्देश गएको भन्दै अस्पताल प्रशासनले कसैलाई पनि आँखाको उपचार गर्नको लागि विदेश जानुपर्ने अवस्था नरहेको जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ