arrow

इराकको मोसुलमा पहिलो पटक रसायनिक हतियारको प्रयोग

logo
प्रकाशित २०७३ फागुन २१ शनिबार
iraq-mosul.jpeg
मोसुल । इराकको मोसुल शहरमा पहिलो पटक रसायनिक हतियारको प्रयोग भएको छ । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइसीआरसीका अनुसार कम्तीमा १२ जना घाइते हुनेगरी मोसुलका दुई ठाउँमा रासायनिक हतियारको प्रयोग गरी आक्रमण भएको हो । 
 
आक्रमणमा घाइते हुनेमा पाँच बालबालिका पनि परेका छन् । ११ वर्षे एक बालकको अवस्था गम्भीर रहेको बीबीसीले उल्लेख गरेको छ ।
 
आक्रमणमा कुन रसायन प्रयोग गरिएको भन्नेबारे पत्ता लागेको छैन । सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 
 
अन्तर्राष्ट्रिय कानुनमा रसायनिक आक्रमण प्रतिबन्धित भए पनि अतिवादी इस्लामिक संगठन आइएसका लागि त्यो सामान्य भएको आँकलन गरिएको छ । किनकि आक्रमणको जिम्मा कसैले नलिए पनि घटनामा आतंकवादी समूह आइसकै हात रहेको बताइएको छ । 
 
रेडक्रसका मध्यपूर्व निर्देशक रोबर्ट मार्दिनीका अनुसार राता राता आँखा हुनु, शरीर पोल्नु, खोकी लाग्नु तथा बान्ता हुन खोज्नु जस्ता लक्षण घाइतेमा भेटिएकाले त्यसको कारण नै रासायनिक हतियारबाटै आक्रमण भएको स्पष्ट हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ