arrow

मोबाइलमा बोल्दाबोल्दै लाइन काटिए क्षतिपूर्ति

सक्छौ सुधार गर सक्दैनौ क्षतिपूर्ति देउ

logo
प्रकाशित २०७३ फागुन २१ शनिबार
hello-hello-mobile.jpeg
काठमाडौँ । मोवाइल फोनको गुणस्तरप्रति प्रश्न उठाउँदै सरोकारवालाहरुले गुणस्तरीय नबनाउने हो भने मोबाइलमा बोल्दाबोल्दै लाइन काटिए क्षतिपूर्ति दिन माग गरेका छन् ।
 
नेपाल दूरसञ्चार प्राधिकरणको १९ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित वार्षिकोत्सव कार्यक्रममा पैसा तिरेर लिने सेवासमेत गुणस्तरीय र वैज्ञानिक नभएको भन्दै तत्काल समस्या समाधान गर्न आग्रह गरिएको छ ।  
 
कार्यक्रममा बोल्ने वक्ताहरुले फोनमा कुरा गर्दा प्रष्ट नसुनिने, बोल्दाबोल्दै लाइन काटिने तथा आवाज जुध्नेजस्ता समस्या विद्यमान रहेको भन्दै सुधार गर्न जोड दिइयो ।
 
सुधारको प्रयास गर्दा पनि भएन भने क्षतिपूर्ति दिनुपर्नेमा जोडदार माग उठेको हो । 
 
सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले मोबाइल फोनमा देखिएको समस्या सुधारको प्रयत्न गर्दा देखिने र अनुभव गर्न सकिने गरी सुधार गर्न प्राधिकरण लाग्नुपर्ने बताए । 
 
सो अवसरमा भूकम्प अति प्रभावित ११ जिल्लामा उच्च गतिको इन्टरनेट सेवा पुर्याउने प्रक्रिया सुरु भएको दुरसंचार प्राधिकरणले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ