arrow

ट्रम्पको आरोप ओवामाका प्रवक्ताद्वारा खण्डन

logo
प्रकाशित २०७३ फागुन २२ आइतबार
वासिङटन । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पूर्वराष्ट्रपति बराक ओबामालाई लगाएको आरोप पूरै गलत भएको ओवामाका प्रवक्ताले बताएका छन् । 
 
पूर्वराष्ट्रपति ओबामाको प्रशासनले राष्ट्रपतीय चुनावको अभियान अघि न्यूयोर्कमा रहेको ट्रम्प टावरको फोन ट्याप गरेको भन्ने आरोपको प्रवक्ता केविन लुइसले खण्डन गरेका हुन् । 
 
तत्कालिन राष्ट्रपति ओबामा र राष्ट्रपतिको कार्यालयका कसैले पनि कुनै पनि अमेरिकी नागरिकको निगरानी गर्न आदेश नदिएको उनले दावी गरे । 
 
ट्रम्पले श्रृङ्खलाबद्धरुपमा ट्वीट गर्दै फोन ट्याप गर्नु नराम्रो काम भएको र आफ्ना पूर्ववर्ती एकदमै खराब व्यक्ति भएको उल्लेख गरेका छन् । फ्लोरिडास्थित आफ्नो रिसोर्टमा रहेका बेला ट्रम्पले स्थानीय समयअनुसार शनिबार विहानको ०६:३० बजे श्रृङ्खलाबद्ध ट्वीट गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ