arrow

पर्वतका २.५ प्रतिशत व्यक्तिलाई हात्तिपाईले संक्रमण

logo
प्रकाशित २०७३ फागुन २४ मंगलबार
hattipaile.jpeg
पर्वत । पर्वतका २.५ प्रतिशत व्याक्तिलाई हात्तिपाईले रोगको संक्रमण रहेको जनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले ८ औँ चरणको हात्तिपाईलेको औषधी ख्वाउने सन्दर्भमा साेमबार आयोजना गरेको कार्यक्रममा उक्त कुराको जानकारी गराएको हो । जिल्लामा २०१० वाट औषधी ख्वाउन थालिएको हो । २०१० मा १० जनामा संक्रमण रहेको र हालै ६ सय जनाको परिक्षण गर्दा १५ जनामा संक्रमण देखिएको अस्पतालका प्रमुख डाक्टर फणिन्द्रप्रसाद वरालले जानकारी दिए । दशौँ चरणको अभियान अन्तर्गत चैत्र५,६ र ७ गते हात्तिपाईले विरुद्धको औषधी ख्वाउने तयारी भैरहेको वरालले बताए । 
 
यसपाली पर्वतका १ लाख ३६ हजार ७ सय १० जनालाई औषधी ख्वाउन लागिएको छ । औषधी ख्वाउनका लागि ३ सय ७९ जना स्वास्थ्यकर्मी, १ हजार ५० जना स्वयंसेवक, ६२ जना स्वास्थ्य कार्यकर्ता र २५ जना सुपरभाईजर परिचालन गर्न लागिएको स्वास्थ्य कार्यालयका फोकल पर्सन दिपक भण्डारीले जानकारी दिए । 
 
हात्तिपाईलेको औषधी गभैती, ७ दिनभित्रको सुत्केरी, ७० वर्षभनदा माथिका जेष्ठ नागरिक र २ वर्षमुनीका वालवालिकालाई ख्वाउन मिल्दैन । तर अन्यलाई अनिवार्य रुपमा ख्वाउनुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । यो औषधी खाँदा सामान्य किसिमले रिगंटा लाग्ने, खाली पेटमा खाँदा पेट पोल्ने जस्ता समान्य खालका समस्या देखिन सक्ने तर त समस्या सबैमा नभएर रोगको संक्रमण रहेकोमा देखिन सक्ने पनि जनाइएको छ । यसपाली विरामीलाई स्वास्थ्यकर्मीकै प्रत्यक्ष निगरानीमा औषधी ख्वाउन लागिएको छ । पर्वत जिल्लाभर औषधी ख्वाउने कार्यक्रमका लागि ६८ लाख रुपैयाँ खर्च गर्न लागिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ