arrow

राजविराजमा कर्फ्युको हल्ला निराधार : प्रमुख जिल्ला अधिकारी

logo
ओमप्रकाश शाह,
प्रकाशित २०७३ फागुन २४ मंगलबार
banda_siraha.jpeg
काठमाडौं । सप्तरीको राजविराजमा कर्फ्युको जारी गरिएको भन्ने हल्ला निराधार रहेको जिल्ला प्रशासन कार्यालय सप्तरीले पुष्टि गरेको छ । स्थिती तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले स्थिती नियन्त्रणमा लिन के गर्ने भनेर बैठक मात्रै बसेकाे विषयलाई लिएर कर्फ्यू आदेश जारी गरेको भन्नु निराधार रहेको निमित्त प्रमुख जिल्ला अधिकारी प्रेमकुमार उपाध्यायले जानकारी दिए । 
 
सोमबार मधेशी मोर्चाका कार्यकर्ताहरुले नेकपा एमालेको कार्यक्रम विथोल्ने क्रममा प्रहरीको गोली लागी ४ जनाको ज्यान गएको थियो ।सप्तरीमा एमालेले कार्यक्रम गर्ने भनेपछि झण्डै ३ दिनदेखि राजविराज तनावग्रस्त बनेको छ । तर,  म‌ंगलबार फेरि स्थिती तनावग्रस्त बनेको थियाे । 
 
उता, प्रहरीले पनि कर्फ्युको हल्ला निराधार रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएअनुसार स्थिती सामान्य रहेकाेले कर्फ्यु लगाउने तयारी भएपनि नलगाइएको हाे ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ