arrow

घोचक प्रिमियर लिग : लेस्टर सिटी, म्यान्चेस्टर युनाइटेड र आर्सनल पराजित

logo
प्रकाशित २०७२ पुष १२ आइतबार
aarsanal.jpg.jpeg
एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा शीर्ष तीन टोली पराजित भएका छन् । शनिबार राति भएका खेलमा लेस्टर सिटी, म्यान्चेस्टर युनाइटेड र आर्सनल गोल विहिन हुँदै पराजित भएका हुन् । म्यानयु स्टोक सिटीको मैदानमा २–० ले पराजित भयो । यस्तै, आर्सनललाई साउथ ह्याम्पटनले आफ्नै घरेलु मैदानमा ४–० को फराकिलो अन्तरले हरायो । यो हारले आर्सनलको शीर्ष स्थानमा उक्लिने सपना तुहिएको छ । यस्तै, शीर्ष चार भित्रै सुरक्षित रहने म्यानयुको सपना समेत पराजयले चक्चाचुर भएको छ । 
 
शीर्ष स्थानको लेस्टर सिटी समेत पराजित भएको छ । सिटी लिभरपुलसंग १–० ले पराजित भएको हो । शीर्ष क्लबहरु पछारिंदा अन्य क्लबलाई राहत पुगेको छ । लिग रोचक बन्दै गएको छ । म्यान्चेस्टर सिटी र स्वान्सी सिटी विजयी हुँदा चेल्सी र वाट्फोर्डले २–२ को बराबरी खेलेका छन् । चेल्सी मुख्य प्रशिक्षक जोजे मौरिन्होको वहिर्गमनपछि लयमा फर्किए पनि सशक्त बन्न सकेको छैन । उता, टोटनह्याम हट्सपरले नर्विच सिटीलाई ३–० ले हराउँदा एभर्टनले न्यूकालस युनाइटेडलाई १–० ले स्तब्ध पारेको छ । एस्टन भिल्ला र वेष्ट ह्याम युनाइटेड १–१ को बराबरीमा रोकिंदा एएफसी बर्नमाउथ र क्रिष्टल प्यालेसले गोल रहित बराबरी खेलेका छन् । 
 
लिगमा १८औं चरणका खेल सकिँदा ३८ अंकको लेस्टर सिटी शीर्ष स्थानमा कायम छ । आर्सनल ३६ अंक सहित दोस्रो तथा म्यान्चेस्टर सिटी ३५ अंक जोड्दै तेस्रो स्थानमा पुगेको छ । ३२ अंक बटुलेको टोटनह्याम हट्सपर चौथो स्थानमा रहँदा २९ अंक मात्रै जोडेको म्यान्चेस्टर युनाइटेड छैटौं स्थानमा झरेको छ । संकटमा परेको डिफेन्डिङ च्याम्पियन चेल्सी पन्ध्रौ स्थानमा छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ