जब संसदमा विपक्षी सांसदले आफैँ समय तोकेर मौनधारण गरे [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
279
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । प्रतिपक्ष दलका सांसदहरूले संसदमा आफैँले समय तोकेर पाँच मिनेट मौनधारण गरेका छन् । प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसको आह्वानमा सबै प्रतिपक्ष दलका सांसदहरूले मौनधारण गरेका हुन् ।
कांग्रेस सांसद निष्कल राईको आह्वानमा शहीदप्रति पाँच मिनेट मौन धारण गरिएको थियो । त्यसमा अन्य विपक्षी दलका सांसदहरूले पनि साथ दिएका हुन् ।
यता बोल्न समय पाएका राईको एक्कासी आएको आह्वानले भने सभामुख डोलप्रसाद अर्याल झस्के । मौनधारण भइरहँदा सत्ताधारी रास्वपा सांसदहरू आपसमा कुराकानी गरिरहेका थिए भने सभामुख अर्याल संसद सचिवायलयका कर्मचारीहरूसँग परामर्श गरिरहेका थिए ।
उनले विपक्षी दलका सांसदहरूको यो कदमप्रति आपत्ति जनाए । उनले यसबाट सदनको अपमान भएको बताए । उनले अब आइन्दा संसदको गरिमा नघटाउन आग्रह गर्दै सचेत गराए ।
संसदमा प्रधानमन्त्री वालेन्द्र साह बालेनको अभिव्यक्तिलाई लिएर विपक्ष दलका सांसदहरूले गम्भीर आपत्ति जनाउँदै तत्काल स्पष्ट पार्न माग गरेका छन् ।
बालेनको नेपाल–भारत सीमासम्बन्धी विवादित अभिव्यक्तिका कारण केही दिनयता लगातार अवरुद्ध हुँदै आएको बैठक बुधबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।