arrow
ADVERTISEMENT

सुधन फेरि गृहमन्त्री, महावीर पनि समेटिए [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
sudan-mahabir-83-2-26-oath.jpg

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह (बालेन) ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले सम्पत्ति स्रोत सम्बन्धी प्रकरणमा मुछिएका सुधन गुरुङलाई फेरि गृहमन्त्री बनाएका छन् । 

त्यस्तै स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बालेनको सिफारिसमा गुरुङ र पुनलाई शपथ दिलाएका हुन् । 

सुधन गुरुङ गत चैत १३ गते गृहमन्त्री बनेका थिए । तर सम्पत्ति स्रोतसम्बन्धी विवाद उठेपछि उनले २७ दिनमै पदबाट राजीनामा दिएका थिए ।

पछि उनीमाथि छानबिन समिति गठन गरिएको थियो। सो समितिले तयार पारेको प्रतिवेदन आजै मन्त्रिपरिषद्ले ग्रहण गर्ने निर्णय पनि गरेको छ।

प्रतिवेदन सार्वजनिक नगरी बालेनले उनलाई पुनः गृहमन्त्रालय सुम्पेका हुन् । बालेनले अहिलेसम्म गृह मन्त्रालय आफू मातहत नै राखेका थिए । 

गुरुङ गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा गोरखा-१ बाट निर्वाचित भएका हुन् । 

यता नवप्रवर्तन मन्त्री पुन दोस्रो पटक मन्त्री बनेका छन् । उनी यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षामन्त्री बनेका थिए। तर उनले मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र रुपमा प्रतिनिधि सभा निर्वाचनमा होमिएका थिए ।  जहाँ उनी भारी मतका साथ निर्वाचित भएका थिए।

पुन मन्त्री बनेसँगै सरकारको पक्षमा प्रतिनिधि सभामा १८२ सांसद पुग्ने र सत्ता समीकरणलाई अझ मजबुत बनाउने राजनीतिक वृत्तमा विश्लेषण गरिएको छ।

sudan-mahabir-83-2-26 (1).jpeg
sudan-mahabir-83-2-26 (2).jpeg
sudan-mahabir-83-2-26 (3).jpeg
sudan-mahabir-83-2-26 (4).jpeg
sudan-mahabir-83-2-26 (5).jpeg
sudan-mahabir-83-2-26 (6).jpeg
sudan-mahabir-83-2-26 (7).jpeg
sudan-mahabir-83-2-26 (8).jpeg
sudan-mahabir-83-2-26 (9).jpeg
sudan-mahabir-83-2-26 (10).jpeg
sudan-mahabir-83-2-26 (11).jpeg
sudan-mahabir-83-2-26 (12).jpeg
mahabir-sudan-oath-extra (9).jpeg
mahabir-sudan-oath-extra (8).jpeg
mahabir-sudan-oath-extra (7).jpeg
mahabir-sudan-oath-extra (6).jpeg
mahabir-sudan-oath-extra (5).jpeg
mahabir-sudan-oath-extra (4).jpeg
mahabir-sudan-oath-extra (3).jpeg
mahabir-sudan-oath-extra (2).jpeg
mahabir-sudan-oath-extra (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ