arrow

अष्ट्रेलियाको अस्पतालमा नक्कली प्रमाणपत्रले काम गरेका 'नेपाली' डाक्टर फरार !

logo
प्रकाशित २०७३ फागुन २५ बुधबार
Manly_Hospital.jpeg
एजेन्सी। अष्ट्रेलियाको एक अस्पतालमा नेपाली मुलका श्याम आचर्यले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर ११ बर्ष काम गरेको खुलासा भएको छ। सन् २००३मा न्यु साउथ वेल्स बोर्डमा नक्कली प्रमाण पत्र पेश गरेर काम शुरु गरेका आचार्यको खोजी अष्ट्रेलियाई प्रहरीले गरिरहेको छ। 
 
साराङ चिताले नाम गरेका मानिसको नाममा उनले उक्त काम गरेको खुलासा भएको छ। भारतमा रहँदा उनले चितालेको प्रमाणपत्र चोरी गरेको आशंका प्रहरीले गरेको छ। 
 
न्यु साउथ वेल्समा दर्ता भएपछि उनले म्यानली, हर्नस्बाई, योंग र गसफोर्ड अस्पतालमा काम गरेको पत्ता लागेको छ। उनले शल्य चिकित्सा गरे की गरेनन् भन्ने यकिन नभैसकेको मेडिकल बोर्डले जनाएको छ। उनले सन् २०१४मा न्यु साउथ वेल्समा काम गर्न छाडेका थिए। 
 
एघार बर्ष काम गर्दा पनि उनलाई कसैले शंका नगरेको र उनले आफै सन् २०१४मा काम छाडेको र निजी कम्पनीहरुमा काम शुर गरेका थिए। अहिले उनको अवस्था अज्ञात रहेको छ। 
 
उनी पक्राउ परेमा उनलाई जेल र ३० हाजर डलरसम्मको कार्वाही हुनसक्ने छ। उनको सबै प्रमाणपत्र नक्कली रहेकोले उनको असली परिचय खुल्न सकेको छैन्।  (दि डेलीटेलिग्राफ)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ