arrow

शिक्षक संघ बाजुराको अध्यक्षमा पाध्याय

logo
प्रेम रौले,
प्रकाशित २०७३ फागुन २५ बुधबार
sikshayashang-bajura.jpeg
बाजुरा । नेपाली कँग्रेस निकट नेपाल शिक्षक संघ बाजुराको अध्यक्षमा प्रेमराज पाध्याय निर्वाचित भएका छन्  । बुधबार सार्वजनिक मत परिणाम अनुसार ५ सय १४ मतमध्ये २ सय ९३ मत प्राप्त गरी पाध्याय निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी अनोजराज गिरीले १९६ मत प्राप्त गरेका थिए । 
 
अधिवेशनबाट उपाध्यक्षमा भक्तरा जैशी २ सय १८ मतका साथ निर्वाचित भए । महिला उपाध्यक्षमा सत्य कुमारी थापाले २ सय ८६ मतका साथ विजयी भइन्। त्यस्तै सचिव पदमा विपिन विष्ट निर्वाचित भए । अर्थ सचिवमा भोजराज शर्माले विजयी भए । 
 
समावेशी तर्फ सहसचिव महिलामा सहमती भएको छ । सहमतिमा  सुमित्रा खाती निर्विरोध निर्वाचित भइन् ।  सहसचिव समावेशीमा मनोज कुमार नेपाली रअर्जुन नेपाली निर्विरोध निर्वाति भए।
 
यसैगरी विष्णु पाध्याय  निर्वाचित भए   सदस्यको निर्वाचनमा प्रकाश थापा,मनरुप बोहरा,कर्ण बशादुर थापा र हिरा खड्का निर्वाचित भए । महिला सदस्यमा चिना देवी जोशी,कुन्तीदेवी थापा र  राधादेवी भण्डारी निर्वाचित भए ।  
 
प्रदेश पार्षदमा देवराज पाध्याय,मन बहादुर अयडी,नन्दलाल जैशी,मान बहादुर हमाल निर्विरोध निर्वाचित भएका छन्,भने महिला तर्फ तुला  देवी गिरी र रिता सिंह निर्विरोध चयन भएकी छन् ।  सङ्घीय महाधिवेशनको ३ सिटमध्ये रतन बहादुर अयडी,गोकुल रोकाया र पदम बहादुर रावत निर्वाचित भएका छन् ।  महिला समावेशीमा तारा खाती (थापा ) र तुल्सा मल्ल निर्विरोध निर्वाचित भइन् । 
 
नेपाल शिक्षक संघ बाजुराको आठौं जिल्ला अधिवेशन २१ गतेबाट सुरु भएको थियो । आठौं जिल्ला अधिवेशन चार दिनपछि मात्र सम्पन्न भएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ