arrow

प्रमुख आयुक्त यादवको घरमा आक्रमण र तोडफोड

मलाई आक्रमण गर्दैमा निर्वाचन रोकिदैनः प्रमुख आयुक्त यादव

logo
प्रकाशित २०७३ फागुन २५ बुधबार
ayodhi-yadab-new-s.jpeg
काठमाडौं। निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधी प्रसाद यादवले आफूलाई आक्रमण गरेर कसैले चुनाव रोक्न नसक्ने बताएका छन् । हाम्राकुरासँग कुरा गर्दै यादवले स्थानिय निकायको निर्वाचनका लागि आयोग तयारी गर्दै अगाडी बढिरहेकोले अब पछाडी हट्ने अवस्था नरहेको बताए । 
 
प्रमुख आयुक्त यादवले वाधा व्यवधान चिर्दै अगाडी बढिरहेको आयोग आकाश हेरेर नभइ धर्ती हेरेर अघी बढीरहेको बताए । 
 
सप्तरीमा बुधवार आफ्नो घरमा तोडफोड र आक्रमण भएको जनाउँदै यादवले आफू र आफ्नो परिवारलाई क्षती पुर्‍याउने नियतले आक्रमण भएको बताए । घरमा रहेको छोरा सकुसल रहेको जनाउँदै उनले भाडामा बस्नेहरु पनि सुरक्षित रहेको बताए । अहिले प्रहरीले सुरक्षा दिइरहेको यादवले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ