arrow

अमेरिकाको उत्कृष्ट राष्ट्रपतिमा ओवामा १२ औं, अब्राहम लिंकन १७ वर्षदेखि पहिलो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७३ फागुन २६ बिहिबार
characteristicv2-1.png
काठमाडौं । अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले अहिले कार्यभार सम्हालिरहेका छन् । उनको विजयसँगै उनी चर्चामा त छन् तर आलोचनात्मक चर्चाका कारण उनको प्रसिद्धी सकारात्मक भन्दा पनि नकारात्मक हुने आरोप लगाईने गरेको छ । तर, अमेरिकामा अहिलेसम्म राम्रो काम गर्ने राष्ट्रपति कोको हुन् त ? यो मान्छेलाई चासोको विषय बन्न सक्ला । 
 
यही चासो पूरा गर्नको लागि अमेरिकी एक अनुसन्धान कम्पनी सी स्पानले अमेरिकी राष्ट्रपतिहरुको प्रसिद्धीको अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । यस भन्दा अघि सन् २००० र सन् २००९ मा प्रतिवेदन सार्वजनिक गरिसकेको उक्त संस्थाले प्रेसिडेन्टियल हिस्टोरियन सर्भे २०१७ नामबाट राष्ट्रपतिको कामको आधारमा को अगाडि भन्ने तय गरिन्छ । 
 
यसरी गरिएको अध्ययनमा विभिन्न १० वटा मापदण्डहरु तोकिन्छ । ती मापदण्डहरुमा कुन् राष्ट्रपतिको समयावधिमा राम्रो काम भएको थियो भन्ने हेरिन्छ र त्यसैको आधारमा उनीहरुको प्रसिद्धी मापन गरिन्छ । 
 
यसरी गरिएको अध्ययनमा २०ज्ञठको लागि भने सामाजिक व्यक्तिहरुको धारणा, विपत्तीमा नेतृत्व, आर्थिक व्यवस्थापन, नैतिक दायित्व बहन, अन्तराष्ट्रिय सम्बन्ध, प्रशासनि क्षमता, विधानसभासँगको सम्बन्ध, उद्देश्य र एजेण्डा, समान अधिकारको लागि गरिएको काम र कार्यकालमा देखाएको कुशलताको आधारमा अध्ययन गरी प्रतिवेदन तयार पारिएको छ । 
 
यसरी तयार पारिएको सूचीमा अमेरिकी पूर्व राष्ट्रपति अब्राहम लिंकन सर्वाधिक मतका साथ पहिलो स्थानमा रहेका छन् । उनले २०१७मा ९०६ अंक पाएका छन् । त्यस्तै, सूचीको दोस्रो स्थानमा ८६७ अंकका साथ जर्ज वासिंटन रहेका छन् । उनी २००९ मा पनि दोस्रो स्थानमा थिए भने २०००मा तेस्रो स्थानमा थिए । त्यसपछिका उत्कृष्ट १२ को सूची र उनीहरुले पाएको अंक तल प्रस्तुत गरिएको छ । 
 
३. फ्राङ्कलिन डी रुजवेल्ट ८५४ अंक
४. थियोडोर रुजवेल्ट ८०७ अंक
५. वाईट इसेनहवेर ७४४ अंक 
६. ह्यारी त्रुसमेन ७३७ अंक 
७. थोमस जेफरसन ७२७ अंक
८. जोन एफ केनेडी ७२२ अंक
९. रोनाल्ड रेगन ६९१ अंक 
१०. लेडन जोनसन ६८६ अंक 
११. उड्रो विलसन ६८३ अंक 
१२. बाराक ओवामा ६६८ अंक 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ