arrow

भारतीय पक्षले गोली चलाएपछि दशगजामा तनाव, ढुंगाकै भरमा जाईलागे नेपाली

logo
प्रकाशित २०७३ फागुन २६ बिहिबार
Kanchanpur-hamrakura.jpg.jpeg
काठमाडौं । कञ्चनपुरको आनन्द बजारमा पुल निर्माणको विषयमा नेपाली र भारतीय पक्षबीच विवाद हुँदा भारतीय सीमा सुरक्षाबल एसएसपीले गोली चलाएको छ । प्रहरीले दिएको जानकारी अनुसार कच्चि पुल बनाउने भन्ने सहमति भएकोमा इटाराखेको आरोप लगाउँदै भारतीय पक्षले नेपाल तर्फ ताकेर गोली चलाएपछि स्थिती तनावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी प्रकाश बहादुर चन्दले जानकारी दिए । 
 
अहिले नेपाल प्रहरीका एसपी चन्द सहित प्रमुख जिल्ला अधिकारीको टोली त्यसतर्फ जाँदै छ । अहिलेसम्म कोहीपनि घाईते भएको जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ । भारतीय पक्षले गोली चलाएपछि नेपालीहरुले पनि ढुंगाहानेर प्रतिकार गरेका थिए । एसपी चन्दले अहिले पनि ढुंगाहानाहान भईरहेको पुष्टि गरे । 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ