arrow

भारतीय प्रहरीले लियो नेपालीको ज्यान, उपचारका लागि ल्याउँदै गर्दा गौतमको मृत्यु

logo
प्रकाशित २०७३ फागुन २६ बिहिबार
ssb.jpg.jpeg
काठमाडौं । कञ्चनपुरको आनन्द बजारमा पुल निर्माणको विषयमा नेपाली र भारतीय पक्षबीच विवाद हुँदा भारतीय सीमा सुरक्षाबल एसएसपीले गोली चलाउँदा घाइते भएका नेपालीको उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको छ । भारतीय सीमा सुरक्षाबल एसएसपीले प्रहार गरेको गोली लागि घाइते भएका कन्चनपुर, पुनरवास ८ का गोविन्द गौतमको उपचारका लागि अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो। उनलाई कैलालीमा उपचारका लागि ल्याइदै गरेको कैलाली प्रहरीका उच्च अधिकारीले जनाएका छन्। ।  
 
प्रहरीले दिएको जानकारी अनुसार कच्चि पुल बनाउने भन्ने सहमति भएकोमा इटाराखेको आरोप लगाउँदै भारतीय पक्षले नेपाल तर्फ ताकेर गोली चलाएपछि स्थिती तनावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी प्रकाश बहादुर चन्दले जानकारी दिए । 
 
नेपाल प्रहरीका एसपी चन्द सहित प्रमुख जिल्ला अधिकारीको टोली त्यसतर्फ जाँदै छ । भारतीय पक्षले गोली चलाएपछि नेपालीहरुले पनि ढुंगाहानेर प्रतिकार गरेका थिए । एसपी चन्दले अहिले पनि ढुंगाहानाहान भईरहेको पुष्टि गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ