arrow

नेपालीले बनाए फोन कल पत्ता लगाउने एप्स

logo
प्रकाशित २०७३ फागुन २६ बिहिबार
nepali-caller.jpeg
काठमाडौं । तपाईँको मोबाइलमा सेभ नभएको वा नचिनेको नम्बरबाट आएको फोन कसले गरेको हो भनेर सजिलै पत्ता लाग्ने एप्स नेपाली बजारमा आएको छ ।
 
'नेपाल कलर' नाम दिइएको सो  एप्स गुगल प्लेस्टोरमा राखिएको  छ ।  आइटेक नेपालले बनाएको सो एप्स डाउनलोड पछि कुनै नचिनेको नम्बरबाट आएको फोन वा सेभ नगरेको नम्बर सहजै पत्ता लग्ने छ ।
 
नेपालीले नेपालीकै लागि बनाएको यो एप्स नेपाली बजारमा पहिलो हो । एप्लिकेसन एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध रहेको र सो एप्सले छिट्टै प्रयोगकर्ताको विश्वास जित्नेछ आशा लिएको आइटेक नेपालका अध्यक्ष जीवन न्योपानेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ