arrow

एसएसबीको ज्यादती विरुद्ध कञ्चनपुर आक्रोशित, महेन्द्रनगरमा मशाल जुलुस

logo
र्इश्वरदत्त बडू,
प्रकाशित २०७३ फागुन २६ बिहिबार
kanachanpur_jhadap.jpeg
काठमाडौं । भारतीय सीमा सुरक्षा बल एसएसबीको ज्यादती विरुद्ध कञ्चनपुरका स्थानीय आक्रोशित भएका छन् । बिहीबार स्थानीय एक युवकको ज्यान भएको र आधा दर्जन प्रहरी समेत कुटिँदा पनि स्थानीय प्रशासनले केही गर्न नसकेको भन्दै स्थानीय आक्रोशित भएका हुन् । 
 
उनीहरुले अहिले कञ्चनपुरको महेन्द्रनगरमा अहिले मशााल जुलुस सुरु हुन लागेको छ । उनीहरुले स्थानीय प्रशासन विरुद्ध नै नाराजुलुस गरिरहेका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारमा कलभर्ट निर्माणको विषयलाई लिएर भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले ५ नेपाली प्रहरीलाई समेत जबरजस्ती कुटपिट गर्न थालेपछि स्थानीयले समेत ढुंगामुढा गरेका थिए । 
 
नेपाली भूमिमै आएर एसएसबीले  नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीलाई समेत कुटपिट गरेका छन् । सशस्त्र प्रहरी सीमा बर्डर आउट पोष्टका सशस्त्र प्रहरी निरीक्षक राम बहादुर खत्री, प्रहरी नायब निरीक्षक लक्ष्मण विक, लगायतका पाँच जना सुरक्षाकर्मी पनि घाईते भएका छन् । झडपमा अन्य दर्जन भन्दा बढी स्थानीयहरु घाईते भएका छन् । एसएसबीले ५ राउण्ड भन्दा बढी गोली चलाएको स्थानीले बताएका छन् । अन्य घाईतेहरुको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ । 
 
एसएसबीको भारतीय बजार बसैया जाने बाटो नजिक आनन्द बजारमा निर्माण भईरहेको कलभर्टको विषयलाई लिएर गोली चलाउँदा पुनर्वास नगरपालिका माछापुच्छ्रे टोलका गोबिन्द गौतमको मुत्यु भएको छ । स्थानीयका अनुसार गौतमको पेटमा गोली लाग्दा उनको धनगढी स्थित सिपी अस्पतालमा उपचारकै क्रममा मुत्यु भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ