arrow

कञ्चनपुर घट्नामा भारतीय पक्षबाट नेपाली नागरिकको हत्या खेदजनक: देउवा

logo
प्रकाशित २०७३ फागुन २६ बिहिबार
sher-bahadur-d.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुर जिल्लाको आनन्दबजार नजिक भारतीय सुरक्षाकर्मीको गोलीबाट स्थानीय गोविन्द गौतमको मृत्यु भएको घट्ना प्रति ध्यान गंभिर ध्यानाकर्षण भएको जानएका छन्। 
 
भारतीय पक्षले एकतर्फी रुपमा पनर्वास नगरपालिकामा निर्माण भएको कल्भर्ट भत्काएपछि भएको बिवादमा गोली प्रहार हुनु दुखद र खेदजनक भएको बाएका छन्। 
 
'एक स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकको नागरिक भारतीय पक्षको गोली प्रहारबाट  मारिनु अत्यन्त गम्भीर घटना हो । यो घटनाको सम्बन्धमा भारतको उच्च कुटनीतिक तहमा पहल गरी घटनाको यथार्थ छानविन गरी दोषी माथि कार्वाही अगाडि बढाउन, मृतक गोविन्द गौतमको परिवारलाई क्षतिपूर्ति दिन, घाइतेहरुको तत्काल निःशुल्क उपचारको व्यवस्था गर्नुका साथै नागरिकको जीउधनको सुरक्षा गर्ने लगायतका सबै दायित्व पुरा गर्न नेपाल सरकारसँग माग गर्दछु । ' देउवाले प्रेस विज्ञप्ति मार्फत भनेका छन्। 
 
 
 
फागुन २६, २०७३
प्रेस विज्ञप्ति
 
मिति २०७३ साल फागुन २६ गते कञ्चनपुर जिल्ला पुर्नवास नगरपालिका वडा नं. ८ आनन्दबजार नजिक नेपाल–भारत सिमानामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट स्थानीय व्यक्ति वर्ष २५ का गोविन्द गौतमको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यान आकृष्ट भएको छ । यस दुःखद घटनाको म भत्र्सना गर्दछु । नेपाल–भारत दुवै देशका स्थानीय अधिकारीहरु बीच गत फागुन ७ गते भएको सहमति अनुसार पुर्नवास नगरपालिकाले निर्माण गरेको कल्भर्ट भारतीय पक्षले भत्काएपछि उत्पन्न विवादमा गोली प्रहार हुनु अत्यन्त दुःखद, खेदजनक र दुर्भाग्यपूर्ण घटनाको रुपमा मैले लिएको छु ।
 
एक स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकको नागरिक भारतीय पक्षको गोली प्रहारबाट  मारिनु अत्यन्त गम्भीर घटना हो । यो घटनाको सम्बन्धमा भारतको उच्च कुटनीतिक तहमा पहल गरी घटनाको यथार्थ छानविन गरी दोषी माथि कार्वाही अगाडि बढाउन, मृतक गोविन्द गौतमको परिवारलाई क्षतिपूर्ति दिन, घाइतेहरुको तत्काल निःशुल्क उपचारको व्यवस्था गर्नुका साथै नागरिकको जीउधनको सुरक्षा गर्ने लगायतका सबै दायित्व पुरा गर्न नेपाल सरकारसँग माग गर्दछु । 
 
यस घटनामा ज्यान गुमाएका गोविन्द गौतमको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । 
 
 
शेरबहादुर देउवा
सभापति
नेपाली काँग्रेस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ