arrow

दक्षिण कोरियाली महिला राष्ट्रपति पार्क पदमुक्त

समर्थनमा प्रदर्शन गर्ने दुई सहभागीको मृत्यु

logo
प्रकाशित २०७३ फागुन २७ शुक्रबार
park-gain.jpg.jpeg
सोल। दक्षिण कोरियाको संसदबाट महाभियोग लगाइएकी राष्ट्रपति पार्क ग्युन हेलाई संवैधानिक अदालतको आदेशबाट शुक्रबार पदमुक्त गरिएको छ । 
 
पार्कलाई पदमुक्त गर्ने फैसला सुनाउने निर्णय अदालतका आठ जना न्यायाधीशहरुले सर्वसम्मत रूपमा गरेका थिए । इजलासको नेतृत्व गरेका कार्यवाहक प्रधानन्यायाधीश लि जुङमीले फैसला सुनाउदा संञ्चार माध्यमहरुले प्रत्यक्ष प्रसारण गरेका थिए । 
 
कानुनतः अदालतको यो फैसला तत्काल कार्यान्वयन हुनेछ । अव पार्कले राष्ट्रपतिको सरकारी निवास ब्लु हाउस तत्काल छोड्नु पर्दछ भने राष्ट्रपतिको अधिकार सवै नयाँ राष्ट्रपतिमा सरेको छ । उनि अदालतको आदेशबाट पदमुक्त हुने कोरियाको एक मात्र राष्ट्रपति हुन् । महाअभियोग लाग्ने राष्ट्रपतिहरु मध्ये उनि दोस्रो हुन् । 
 
यसअघि सन् २००४ मा तत्कालिन राष्ट्रपति रो मोह्युनलाई पनि निर्वाचनको बेला आफ्नो पार्टीलाई समर्थन गर्न मतदाताहरुलाई आह्वान गरेको आरोपमा महाअभियोगको प्रस्ताव गरिएको थियो । तर झण्डै दुई महिनापछि उनलाई माफी दिइएको थियो । उनको कामबाट निर्वाचन कानुन उलङ्घन भएको भएपनि महाअभियोग नै लगाउनु पर्ने खालको नभएको फैसला भएको थियो । 
 
राष्ट्रपति पार्कलाई आफ्नो पदको दुरुपयोग गरेको अभियोग लागेपछि राजीनामा माग गरिएको थियो । गत बर्षको डिसेम्बर ९ देखि पार्कलाई महाभियोग लगाउने प्रस्तावमाथि संसदमा छलफल भएको थियो । 
 
सन् २०१६ को डिसेम्वरमा कोरियाली संसदले पार्क विरुद्ध महाभियोग लगाउने प्रस्तावलाई आवश्यक दुई तिहाई मतमार्फत प्रस्तावलाई पास गरेको थियो । यसपछि पार्कका वकीलले पार्कमाथि शक्तिको दुरुपयोग गरेको भनी लगाइएको आरोप गलत भएको भन्दै महाभियोग लगाउनु अन्यायपूर्ण भएको भन्दै अदालतमा पुगेका थिए । महाभियोग पास भएपछिका ९२ दिनवीचमा पार्कमाथिको मुद्दामा जम्मा २० वटा सुनुवाई भएका थिए । 
 
साथै  शुक्रबारनै संवैधानिक अदालतको परिसर नजिकै प्रदर्शन गरिरहेका दुई जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 
 
उनीहरूको निधनको कारण अज्ञात रहेको बताइएको छ । प्रदर्शन गरिरहेका पार्कका समर्थक एक्कासी बेहोस भएपछि नजीकैको अस्पतालमा पुर्‍याइएको थियो तर अस्पतालले उनीहरूलाई तत्कालै मृत घोषणा गरेको थियो । मृतकमध्ये एक जना करिब ७० बर्षका भएका कोरियाली नागरिक भएको पुष्टी भएको छ भने दोस्रो व्यक्तिको उमेर थाहा हुनसकेको छैन । 
 
प्रदर्शनमा सहभागीमध्ये १० जनालाई स्वस्थ्य सम्बन्धि समस्या भएको पाइएपछि नजीकैको अस्पताल पठाइएको अग्नी नियन्त्रक अधिकारीले जनाएका बताइएको छ । शुक्रबार हजारौं पार्क समर्थकले अदालत परिसर बाहिर भएको प्रदर्शनमा सहभागीता जनाएका थिए । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ