arrow

केन्या बिरुद्धको पहिलो खेलमा कप्तान पारस खेल्नेमा शंका

कप्तान खड्का ६० प्रतिशत फिट

logo
प्रकाशित २०७३ फागुन २७ शुक्रबार
Paras_Khadka_Kenya.jpeg
काठमाडौं। केन्या बिरुद्ध आइसीसी विश्व क्रिकेट लिग खेल्ने नेपाली टोलीमा कप्तान पारस खड्का पहिलो खेलमा खेल्ने संभावना न्युन रहेको छ।  खड्काले आफु ६०% फिट रहेको बताएका छन्। 
 
करिब एक महिना अघाडी एपेण्डिसाईटिसको अपरेसन गरेका खड्का पुर्ण रुपमा स्वस्थ्य नभईसकेको उनले स्वयं जानकारी दिएका छन्। 
 
'अहिले ६०% फिट रहेको छु । हेरौं भोलिसम्म कस्तो हुन्छ ? त्यसै अनुसार खेल्ने र नखेल्ने निर्णय हुनेछ' पारसले भने। 
 
यदी उनले पहिलो खेल खेलेनन् भने उनको अनुपस्थितीमा नेपाली टोलीको मनोबल उच्च रहने विश्वास खड्काले देखाए। 'हामी सबै राम्रा छौं र सबैले टोलीमा उ्ततिकै योगदान दिने गरेकोले टोलीमा खासै प्रभाव पर्ने छैन्' खड्काले आश्वस्त पार्न खोजे। 
 
कुटनीतिमा राम्रा मानिएका कप्तान पारसले 'कुनै एक खेलाडी भन्दा टिम पहिला आऊँछ त्यसैले टिमले राम्रो प्रदर्शन गर्नकालागि सबै खेलाडी फिट हुनु महत्वपुर्ण हुन्छ' भने। 'कुनै खेलाडी घाईते भएमा अर्को राम्रो खेलाडीले रिप्लेस गर्नेछ' पारसले भने। 
 
'केन्याको टोली राम्रो रहेको तर हामीलाई घरेलु मैदान र दर्शकको साथ हुनाले हामीलाई फाईदा हुनेछ' खड्काले विश्वस्त हुँदै भने। 
 
'घरेलु दर्शक र मैदानका कारण नेपाली टोली दवाबमा रहनेछ र हामीलाई खासै कुनै दवाब नहुने'  केन्याका कप्तान राकिप पटेलले भने। 
 
बरोडा, भारतमा राम्रो अभ्यास गरेकाले हामी जित्नकालागि खेल्ने छौं भन्दै उनले नेपाली र केन्या दुवै टोलीलाई ४ अंक महत्वपुर्ण र आवश्यक रहेको बताउन भने भुलेनन्। 
 
नेपाली टोलीमा पुराना खेलाडी मेहबुब आलमको पुनर्आगमनलाई पारसले सकरात्मक रुपमा लिएकाछन्। 'आलम राम्रो फर्ममा रहेका छन् र उनी अनुभवी खेलाडी पनि हुन्' पारसले भने। 
 
केन्या बिरुद्ध नेपालले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा फाल्गुन २८ र ३० गते खेल्ने छ। विश्व क्रिकेट बरियतामा नेापल १८औं स्थानमा रहेकोछ भने केन्या १७औं स्थानमा रहेको छ। 
 
विश्वकप क्रिकेट खेलेर एक चरणको सफलता चाखिसकेका खेलाडी र ब्यवस्थापक  सम्मिलित टोलीको अनुभवले नेपाललाई अफ्ठ्यारो पार्न सक्ने देखिन्छ । घरेलु मैदानमा नेपाल पनि बलियो टोलीका रुपमा प्रस्तुत हुनेछ। 
 
यो प्रतियोगिताको नेपालमा हुने दुई खेलमा दुवै टोलीलाई सत‍प्रतिशत नतिजा आफ्नो पक्षमा पार्नु पर्ने दवाब रहनेछ।  नेपाल ८ खेलमा ६ अंकका साथ छैठौं स्थानमा रहेको छ भने केन्या ८ खेलमा ८ अंकका साथ पाँचौं स्थानमा रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ