arrow

टेलिकमले ल्यायो होली अफर

logo
प्रकाशित २०७३ फागुन २७ शुक्रबार
Nepal_Telecom.jpeg
काठमाडौं ।  नेपाल टेलिकमले होली पर्वका अवसरमा सहुलियत अफर ल्याएको छ । कम्पनीले चाडपर्व अफर अन्तर्गत जीएसएम / सिडिएमए  पोष्टपेड तथा प्रिपेडका सेवाग्राहीलाई अफर ल्याएको हो । सहुलियत अफर अन्तर्गत रिचार्ज कार्डमा डेटा बोनस, यूट्युब् डेटा प्याक र एसएमएस प्याक रहेका छन् ।
 
रिचार्ज कार्डमा डेटा बोनस अन्तर्गत टेलिकमले २०० को रिचार्ज कार्डमा २०० एमबी डेटा,  ५०० को रिचार्ज कार्डमा ५०० एमबी डेटा र  १००० को रिचार्ज कार्डमा १००० एमबी डेटा दुई दिनसम्म बोनस अवधि रहने गरी उपलब्त्र गराउने भएको छ । डाटा  राती १० बजे देखी बिहान ६ बजेसम्म  उपभोग गर्न पाइनेछ । सो अफरको अवधि होली देखि ५ दिन सम्म लागुहुने कम्पनिले जनाएको छ । 
 
त्यसैगरी यूट्युब् डेटा प्याक अन्तर्गत १ जिबी यूट्युब् डेटा प्याक १०० रुपैयाँमा २ दिनसम्म र ५०० एमबी यूट्युब् डेटा प्याक ६० रुपैयाँमा १ दिनसम्म  उपभोग गर्न पाइने छ । सो अफरको अवधि होली  देखि १५ दिन सम्म लागु हुनेछ । सो  यो अफरका लागि  U1GB वा 500MB टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्नेछ । 
 
एसएमएस प्याक अन्तर्गत नेपाल टेलिकमको नेटवर्क भित्र १०० वटा एसएमएस १० रुपैयाँमा ३ दिनसम्म उपभोग गर्न पाइने छ । सो सेवाका लागि SMS100 टाइप गरी १४१५मा एसएमएस गर्नुपर्ने टेलिकम  प्रवक्ता  प्रतिभा बैद्यद्वारा जारी विज्ञाप्तिमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ