arrow

दर्जनौं सिरियाली शरणार्थीलाई समुद्रमै रोकियो

logo
प्रकाशित २०७३ फागुन २८ शनिबार
refugeecango.jpg.jpeg
इस्तानाबुल, (टर्की)। सिरियाबाट टर्कीको सामुद्रिक इलाका हुँदै ग्रीस प्रवेश गर्न खोज्ने ३८ जना सिररियाली शरणार्थीलाई टर्कीमा रोकिएको सामुद्रिक सुरक्षा गार्डले जनाएका छन् । 
 
टर्कीको नौसेनाको आधिकारिक वेभसाइटमा शनिबार जारी विज्ञप्तिमा जनाइएअनुसार मानव तस्करद्वारा सञ्चालनमा ल्याइएका डुँगामा ग्रीसतर्फ हिंडिरहेका सिरियाली आप्रवासीलाई गोप्य सूचनाका आधारमा गार्डले रोकेका जनाइएको छ । पश्चिमी टर्कीको कुशादासी सामुद्रिक किनारामा सिरियाली शरणार्थीलाई पक्राउ गरिएको हो । 
 
सन् २०१७ मा टर्कीको सामुद्रिक बाटो ग्रीस हुँदै युरोप जाने एक हजार आठसय ८१२ शरणार्थीलाई आवश्यक कागजात पूरा नगरेको पाइएकाले टर्कीमा पक्राउ गरी सिरियातर्फ फिर्ता गरिएको छ । 
 
यसरी युरोप पुर्‍याउने कारोबारमा संलग्न १९ जना मानव तस्करलाई सामुद्रिक इलाकाबाट यस वर्ष पक्राउ गरिएको छ । सन् २०१६ को मार्चमा इयू–टर्की आप्रवासी सम्झौता भएपछि गैरकानुनीरुपमा टर्की हुँदै ग्रीस पुग्ने शरणार्थी सङ्ख्यामा नाटकीय रुपमा कमी आएको छ । एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ