arrow

चुनावसम्म सरकारले अब के के गर्न पाउँदैन ?

logo
प्रकाशित २०७३ फागुन ३० सोमबार
election_local4.jpeg
काठमाडौं । निर्वाचनको लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरेपछि सबै क्षेत्रका पेशाकर्मीहरुलाई आचारसंहिताले बन्धनमा पारेको हुन्छ । निर्वाचन आचार संहिता लगाईसकेपछि निर्वाचन आयोग आफैंमा शक्तिशाली बन्छ भन्ने आकलन सबैको हुन्छ । तर, आयोगको स्वीकृति नलिई सरकारले आचारसंहिता जारी गरेपछि के काम गर्न सक्छ र के काम गर्न सक्दैन ? यो पनि सबैको लागि चासोको विषय बन्न सक्छ । 
 
नेपाल सरकारका मन्त्री वा सार्वजनिक पद धारण गरेका व्यक्तिलेकुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न पाउँदैनन् । निर्वाचन आयोगले त्यस्तो गरेको खण्डमा आचारहिता उल्लंघन गरेको आरोपमा कारबाही समेत गर्नसक्ने आयोगले जानकारी दियो । तर, निर्वाचनमा उम्मेदवार भएको मन्त्रीले भने आफ्नो निर्वाचन क्षेत्रमा प्रचार प्रसार गर्नभने कुनै रोकतोक नरहेको आयोगले जनाएको छ । 
 
त्यस्तैगरी, नेपाल सरकार, सार्वजनिक संस्था र स्थानीय निकायले वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएका बाहेक नयाँ नीति, योजना तथा कार्यक्रमको घोषणा गर्न,स्वीकृत गर्न, सञ्चालन गर्न र सो प्रयोजनका लागि जनशक्ति तथा स्रंोत साधनको परिचालन गर्न वा गराउन समेत आचारसंहिताले रोक्ने गर्दछ । आचारसंहिता जारी भएपछि यस्तो गरेको खण्डमा यो आफैंमा आचारसंहिता उल्लंघन भएकको मानिने आयोगले जानकारी दियो । 
 
उता, आचारसंहिता जारी भएपछि नेपाल सरकार, सार्वजनिक संस्था र स्थानीय निकायले कुनै पनि योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, अध्ययन वा सोको लागि अनुदान दिने जस्ता कार्यक्रम गर्न वा गराउन समेत निर्वाचन आचार संहिताले रोक लगाउने गरेको छ । तर प्राकृतिक प्रकोप वा अन्य काबु बाहिरको परिस्थितिमा आयोग वा आयोगले तोकेको पदाधिकारीको अनुमति लिई कार्यक्रम गर्न सकिने व्यवस्था आचारसंहिताले गरेको छ । 
 
त्यसैगरी,  उम्मेदवार, राजनीतिक दल, राजनीतिक दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिलाई नेपाल सरकार, सार्वजनिक संस्था वा स्थानीय निकायका भवन, अतिथि गृह, सभागृह, सवारी साधन वा अन्य सामग्री प्रयोग गर्न दिन नपाउने व्यवस्था समेत आचारसंहितामा गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ