नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको अध्यक्षमा सुबेदी, महासचिवमा पोखरेल

भरत प्रधान। प्रकाशित मिति : २०७३ फाल्गुण ३० सोमबार
लिस्बन (पोर्चुगल)। नेकपा माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको अध्यक्षमा नारायण प्रसाद सुबेदी निर्बाचित भएका छन् । राजधानी लिस्बनमा सम्पन्न भएको मञ्चको पाँचौ अधिबेशनले सुबेदीको नेतृत्वमा आगामी दुई बर्षे कार्यकालका लागि १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको बरिष्ठ उपाध्यक्षमा कान्छाराम बुढाथोकी निर्बाचित भएका छन् भने दुई उपाध्यक्षमा दिपक राना र डोलराज भण्डारी निर्बाचित भएका छन् ।
 
अधिबेशनले पूर्व बिद्यार्थी नेता रुपन्देहीका मनोज पोखरेललाई महासचिवमा निर्बाचित गरेको छ । युवा नेता पोखरेल अखिल क्रान्तीकारी बिद्यार्थी सँगठन रुपन्देहीका पूर्व कोषाध्यक्ष, सँगठनका पूर्व केन्द्रीय सदस्य तथा पार्टीका पूर्व जिल्ला सदस्य हुन् । यस्तै दुई सचिवमा ईश्वर रिजाल  र समिर अधिकारी चयन भएका छन् । कोषाध्यक्षमा सिता ढकाल र सहकोषाध्यक्षमा घनश्यामा सुबेदी चयन भएका छन् । यस्तै सदस्यहरुमा उन्नत डल्लाकोटी, भिमसेन पोखरेल, गुमानसिँह कार्की, कमानसिँह तामाङ, लेखनाथ दनाई, दीपक भटराई, सुरज अधिकारी, गोपाल न्यौपाने, निश्चल तिमिल्सिना र निरज बान्था मगर निर्बाचित भएको निर्बाचन समितिका सहसँयोजक रुपक श्रेष्ठले जानकारी दिए ।
 
मञ्चका अध्यक्ष डिलाराम चापागाईको अध्यक्षता, मञ्चका युरोप सँयोजक सुरेन्द्र भुषालको प्रमुख आतिथ्यता तथा युरोप सहसँयोजक राममणि रिजालको आतिथ्यतामा अधिबेशन सम्पन्न भएको हो । पोर्चुगलमा रहेका आप्रवासी नेपालीका समस्या समाधानका लागि यहाँ क्रियाशिल सबै नेपाली सँघसँस्थासँग सहकार्य गर्दै मञ्चको गतिबिधीलाई थप सकृय रुपले अगाडी बढाउने नवनिर्बाचित महासचिव मनोज पोखरेलले बताए ।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ