arrow

पत्रकार गौतमको दुर्घटना, अपरेशन पछि स्वास्थ्यमा क्रमिक सुधार

logo
प्रकाशित २०७३ फागुन ३० सोमबार
nimesh_gautam.jpeg
काठमाडौ । पत्रकार नेमिष गौतम गम्भीर दुर्घटनामा परेका छन् । गत शुक्रबार बेलुकी दूर्घटना पछि अचेत अवस्थामा नै कसैले ट्रमा सेन्टरमा ल्याएर छोडेको उनको बारेमा शनिबार बिहान मात्र थाहा भएको उनको भाइ मनिष गौतमले बताए ।
 
अहिलेसम्म कहाँ र कसरी दुर्घटना भयो भन्नेबारेमा केही थाहा नभएको उनको भनाई छ ।  अफिसबाट निस्किएपछि बाटोमा कतै दूर्घटना परेको हुन सक्ने अनुमान उनले गरेका छन् । उनको सिटी स्क्यानपछि टाउकोमा चोट लागेर रगत जमेको देखिएको थाहा भएपछि डा. राजिब झा लगायतको टोलीले तीन घण्टा समय लगाएर टाउको शल्यक्रिया गरी जमेको रगत निकालिएको छ । हाल उनको अवस्था खतरामुक्त भएपनि आईसियूमा राखिएर उपचार भइरहेको बताइएको छ ।
 
यसैबीच, पत्रकार गौतमका स्वास्थ्य लाभको कामना गर्दै चलचित्र पत्रकार संघले विज्ञप्ति जारी गरेका छ । उनको स्थाई घर इलाम हो । उनी बिगत लामो समय देखि स्थानीय तथा ब्रोडसिटको मिडियाहरुमा मनोरञ्जन बिटमा काम गर्दै आएका थिए । हाल उनी नागरिक दैनिकमा काम गर्छन, यस अघि उनी हाम्राकुरा डटकममा समेत आवद्व थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ