arrow

‘गगन थापाजीजस्तो मान्छे स्वास्थ्य मन्त्रालयमै बस्नुपर्छ’ –फोरम लोकतान्त्रिक

सात महिनासम्म नसोधेको सरकारले अहिले किन सोध्यो ?

logo
प्रकाशित २०७३ चैत १ मंगलबार
yogendra-chaudhary-forum-democratic.jpeg
काठमाडौं । पछिल्लो समय मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारमा जान्छ र स्वास्थ्य मन्त्रालय खोस्छ भन्ने चर्चा भइरहँदा फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले गगन थापाजस्तो काम गर्ने मन्त्री स्वास्थ्य मन्त्रालयमै बस्नुपर्ने स्पष्ट पारेका छन् ।
 
उनले भने, ‘गगन थापाजी जस्तो मान्छे स्वास्थ्य मन्त्रालयमै बस्नु पर्छ, हाम्रो पूर्ण समर्थन छ, काम गर्ने मान्छेलाई हटाउने त प्रश्नै आउँदैन ।’ फोरम लोकतान्त्रिक सरकारमा जाने भन्ने स्पष्ट आधार नै तय भइनसकेको भन्दै चौधरीले स्वास्थ्य मन्त्रालय फोरमले लिने हल्ला चलाइनु राम्रो नभएकोसमेत हाम्राकुरालाई बताए । 
 
चौधरीले भने, ‘प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेरबहादुरजीले हामीलाई सरकारमा आउन आव्हान त गर्नुभएको छ तर के का लागि सरकारमा जाने भन्ने स्पष्ट पार्नु भएको छैन ।’ चौधरीले ७ महिनासम्म सरकारमा सामेल हुने बारेमा सरकारले आफूहरुलाई नसोधेको र अहिले आएर सोध्नुको स्वार्थसमेत स्पष्ट हुन नसकेको प्रमुख सचेतक योगेन्द्र चौधरीले बताए । 
 
‘संविधान संशोधनको विषय हो भने हामीहरु बाहिरै बसेर सघाउन तयार छौं, होइन भने प्रचण्डको म्यादी सरकारमा जानुको कुनै अर्थ छैन’, चौधरीले अगाडि भने, ‘प्रचण्डको कुर्सी बचाउन हामी सरकारमा जान्नौं ।’
 
प्रचण्डले संविधान संशोधनको स्पष्ट खाका दिए सरकारमा सामेल हुन सक्ने चौधरीले बताए । उनले भने, ‘कैलाली कञ्चनपुरका थारुहरुको अवस्था के हुने भन्नेबारे अहिलेसम्म सरकारले जवाफ दिएको छैन हामीले राखेका माग पूरा भए सरकारमा जान तयार छौं ।’
 
नेता चौधरीले आफूहरु कमल थापाजस्तो नभएको बताउँदै सरकारमा जान कुनै हतार नभएको पनि स्पष्ट पारे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ