arrow

गगन थापाको पक्षमा उभिए नेता विश्वप्रकाश र रविन्द्र

logo
प्रकाशित २०७३ चैत १ मंगलबार
bishwoprakash-gagan.jpeg
झापा। नेपाली काँग्रेसका नेता विश्वप्रकाश शर्मा काँग्रेस नेता तथा स्वास्थ्यमन्त्री गगन थापाको पक्षमा उभिएका छन्। कुनै समय नेविसंघको अध्यक्ष बन्दा उपाध्यक्ष रहेका गगन थापाले स्वास्थ्य मन्त्रीको हैसियतमा गरेका कामको प्रसंसा गर्दै शर्माले उनलाई मन्त्रीबाट फिर्ता बोलाउने चर्चा गलत भएको भएको बताएका छन्। 
 
सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै शर्माले भनेका छन्, 'थापालाई मन्त्रीबाट फिर्ता बोलाउने हल्ला गलत मात्र भनेनन यदि त्यस्तो सल्लाह हुँदैछ भने त्यो पनि गलत ।' 
 
मन्त्री थापालाई फिर्ता बोलाउने बिषयमा काँग्रेस सभापतिसँग कुरा गरेको र त्यो बिषय हल्ला मात्र भएको काँग्रेस नेता कृष्ण प्रसाद सिटौलाले हाम्राकुरालाई बताएका थिए। थापालाई बोलाएर पार्टी गल्ती गर्ने पक्षमा नभएको उनको भनाइ थियो।
 
हालै साझा पार्टी खोलेका रविन्द्र मिश्रले पनि थापालाई मन्त्री पदबाट फिर्ता बोलाउने बिषयमा उठेका चर्चासँगै ट्वीट गरेका छन्। उनले गगन थापाको नाम नलिइ टवीटमा लेखेका छन् 'फोहोरीहरू बत्ति बलेको हेर्न सक्दैनन् किनकी उज्यालोमा सबै फोहोर देखिन्छ। त्यसैले सरकार राम्रोलाई हटाएर फोहरी नै भित्र्याउन उद्दत छ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ