arrow

काठमाडौँमा तत्काल पानी र अलकत्रा छर्कन समितिको निर्देशन

logo
प्रकाशित २०७३ चैत १ मंगलबार
pollution-nepal.jpeg
काठमाडौँ । व्यवस्थापिका–संसद्को वातावरण समितिले मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्यबाठ सिर्जित वातावरणीय प्रदूषण तथा धुलोधुवाँ रोक्न तत्काल पानी र अलकत्रा छर्कन निर्देशन दिएको छ । 
 
समितिको मंगलबारको बैठकले काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानीको पाइप बिच्छ्याउन खनिएका सडकका कारण उब्जिएको धुवाँ र धुलोका कारण वातावरण र मानव स्वास्थ्यमा परेको असरलाई ध्यान दिँदै आयोजनाको निर्माण छिटो सक्न आयोजनालाई निर्देशन पनि दिएको छ । 
 
यसअघि, बैठकमा सांसदहरुले कर्मचारी संयन्त्रमा दूरगामी सोच र शक्तिको र्‍हास हुँदै गएको र भत्ताको लालसा बढेको बताएका थिए । पाइप बिच्छ्याउने काम व्यवस्थित हुन नसक्दा उत्पन्न धुलो धुवाँको समस्या मुलुकका सबै क्षेत्रमा अस्तव्यस्तता र बेथिति विद्यमान छ भन्ने उदाहरण भएको उनीहरुको भनाइ थियो । 
 
सांसदहरुले विकास निर्माणका काममा अन्तर–मन्त्रालय समन्वयको अभाव देखिएको पनि औँल्याए । बैठकमा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय र मेलम्ची खानेपानी आयोजनाका निर्देशक रितेशप्रसाद खत्रीले उपत्यकाका ४० स्थानमा एकैसाथ एक हजार २०० जनशक्ति परिचालन गरेर पाइप बिच्छ्याउने काम गरिरहेको जानकारी दिए । 
 
आगामी वर्षायामअघि नै पाइप बिच्छ्याउने काम र खनिएका सडकमा कालोपत्र गरिसक्ने र आगामी दसैँमा उपत्यकावासीले मेलम्चीको पानी प्रयोग गर्न सक्ने गरी कामलाई तीव्रता दिइएको उनहरुको भनाइ थियो । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ