arrow

नेपालको केरला यात्रा समाप्त, छवि सुधारको अवसर गुम्यो, गोल खडेरी अन्त्य

logo
प्रकाशित २०७२ पुष १२ आइतबार
nepal-V-india.png.png
काठमाडौं । नेपाल भारतको केरलामा जारी ११औं साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । आइतबार साँझ त्रिबेन्द्रममा भएको समूहको अन्तिम खेलमा नेपाल आयोजक तथा उपाधि दावेदार भारतसंग ४–१ ले पराजित भयो । नेपालको ११औं साफ यात्रा समाप्त भएको छ । साफ च्याम्पियनसिप २०१५ को लिग चरणको अन्तिम खेलमा नेपाललाई सेमिफाइनल पुग्न भारतविरुद्धको खेल जित्नै पर्ने थियो । केरला यात्रा समाप्त भएसंगै खेल मिलेमतोले आचोचित भएको नेपाली फुटबल सुधारको अवसर गुमेको छ । साफ च्याम्पियनसिप नेपालका लागि छवि सुधारको अवसर मानिएको थियो । 
 
समूहको पहिलो खेलमा नेपाल श्रीलंकासँग १–० ले पराजित भएको थियो । समूह चरणमा लगातार दोस्रो जित निकालेको भारत समूह विजेता बन्दै सेमिफाइनलमा पुगको छ । जितसंगै भारतको ६ अंक भएको छ । नेपालको पराजयले श्रीलंकालाई फाइदा पुगेको छ । तीन अंकको श्रीलंकाले अन्तिम चारको यात्रा तय गरेको छ । अंकविहिन बनेको नेपालले २०१३ यताको यताको गोल खडेरी भने अन्त्य गरेको छ ।सन् २०११ र २०१३ को साफ च्याम्पियनसिपमा सेमिफाइनल पुगेको नेपाल २०१५ को संस्करणमा समूह चरणबाटै बाहिरिएको हो । नेपालले तेस्रो मिनेटमा गोल गर्दै लिएको अग्रता कायम राख्न सकेन ।
 
युवा खेलाडी विमल घर्तीमगरले भारतीय गोलरक्षक सुबर्तो पउल बिट भइसकेको अवस्थामा गोल गरे । नवयुग श्रेष्ठको प्रहार पोस्टमा ठोकिएर फर्केपछि त्यसैलाई सदुपयोग गर्दै विमलले गोल गरेका हुन् । विमलले ११ खेलको गोलविहिनता अन्त्य गरिदिए । नेपालले अन्तिम पटक सन् २०१३ को साफ च्याम्पियनसिपमा भारतविरुद्ध गोल गरेकामा यसपटक गोल गरेको हो । तेस्रो मिनेटमा विमले गोल गरेकामा २६औं मिनेटमा भारतीय खेलाडी रोलिन बोरगेसले बराबरी गोल गरे । पहिलो हाफ १–१ को बराबरीमा सकियो । दोस्रो हाफ पछि ६८ औं मिनेटमा भारतका सुनी क्षेत्रीले गोल गरे । सुनीको गोलपछि नेपाली टोली दबाबमा परेको हो । 
 
खेलको अन्तिमतिर ४३ नम्बर जर्सी लगाउने १८ वर्षीय लालिनजुवाला छन्टेले आक्रामक प्रदर्शन गरे । उनले ८१ औं मिनेटमा गोल गरेका उनले ९०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । ४–१ ले पछि परेको नेपालले थपिएको अतिरिक्त समयमा कुनै प्रगति गर्न सकेन । भारत ४–१ ले विजयी भयो । यसैबीच, समूह बी बाट आपसमा भिड्नुअघि नै सेमिफाइनलमा पुगेका अफगानिस्तान र माल्दिभ्स समूहको अन्तिम खेलमा सोमबार समूह विजेता बन्नका लागि खेल्दै छन् । विजेताले सेमिफाइनलमा श्रीलंकासंग खेल्दा उपविजेताले भारतसंग खेल्ने छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ