arrow

स्वास्थ्य मन्त्रालयबाट हटाउने हल्लाभन्दा बढी गगनले काम गरेर देखाउँछन्

जनता भन्छन्, ‘गगन हिंड्न नछोड’

logo
बाबु नेपाली,
प्रकाशित २०७३ चैत २ बुधबार
gagan-thapa-new-FNL-p.jpg.jpeg
काठमाडौं । सत्ता समीकरणका क्रममा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारमा आउँदा स्वास्थ्य मन्त्रालय लिने चर्चा भए पनि त्यसले हालका स्वास्थ्य मन्त्री गगन थापालाई कुनै फरक पारेको छैन । उनी काम गर्न चाहन्छन् । काम गरिरहेका छन् ।
 
उनको मन्त्रालय खोसिने हल्ला चलेको एक साता नाघेको छ । तर उनको काम गर्ने इच्छाशक्तिमा एक रत्ति पनि कमी आएको छैन । यसले के देखाउँछ भने गगन कसैको पछि लाग्दैनन् । उनी आफू अगाडि बढ्छन् । पछाडि को के गरिरहेका छन् भन्ने मतलव पनि गर्दैनन् ।
 
किनकि उनलाई पनि थाहा छ उनी जे गरिरहेका छन् त्यो नेपाल र नेपालीकै लागि गरिरहेका छन् । आफ्नो स्वास्थ्य मन्त्रालयको कुर्सी खतरामा परेको सुने पनि त्यसलाई उनले प्राथमिकता दिएका छैनन् । त्यसैले त मंगलबार राति १२ बजेर १३ मिनेटमा उनले स्वास्थ्य मन्त्रालयले गरेका त्यो दिनका महत्वपूर्ण कार्यहरु सामाजिक संजालमा पोष्ट गरे । 
 
ती कामहरुबाटै स्पष्ट हुन्छ गगनले स्वास्थ्यको क्षेत्रमा धेरै काम गर्न बाँकी छ । ती कामहरु यस्ता छन् –
गगनकै ट्वीटरबाट
१, डा. चोपलाल भुषालको संयोजकत्वमा गठित चिकित्सा शिक्षा सम्बन्धी कार्यदलले बुझाएको प्रतिवेदनमा न्याम्स, नेपाल मेडिकल काउन्सिल, मन्त्रालयका विभिन्न महाशाखा तथा विभागसहित निम्न विषयमा छलफल भयो 
–यसै वर्षदेखि अंचल लगायत देशका विभिन्न अस्पतालमा पीजी अध्यापन गराउने सन्दर्भमा सम्भाव्यता अध्ययन गर्न न्याम्सको संयोजनमा एक टोली बनाउने । कुन कुन अस्पतालमा कसरी शुरु गर्ने भन्ने निक्र्योल गरी चैत्र मसान्तसम्म प्रतिवेदन बुझाउने । 
–चिकित्सा शिक्षा क्षेत्र हेर्न मन्त्रालयले छुट्टै फोकल युनिट बनाउने ।
काठमाडौं विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजमा अनिवार्य एमडीजीपी विभाग बनाउन मन्त्रालयले आवश्यक पहल गर्ने ।
–कम्युनिटी पोष्टिङलाई अनिवार्य गर्ने र तत्कालका लागि विभिन्न अस्पतालमा रेजिडेन्ट पठाउने कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउने । 
२, नेपाल मेडिकल काउन्सिलको ऐन संशोधनका लागि गठित कार्यदलले संशोधित ऐनको प्रारम्भिक मस्यौदा पेश गरेको छ । यस सन्दर्भमा आवश्यक छलफल गरी प्रक्रिया अगाडि बढाइने छ ।
३, निजी स्वास्थ्य संस्था अनुमति र नवीकरण लगायत संचालनका सन्दर्भमा देखिएका समस्याबारे निजी मेडिकल कलेजहरु र अफिनसंग छुट्टाछुट्टै छलफल भयो । 
४, लामो समयसम्म परिमार्जन हुन नसकेको इथिकल कोड्सको मस्यौदा तयार भएको छ । आवश्यक छलफल गरी प्रक्रिया अगाडि बढाइने छ । यसले स्वास्थ्य संस्थाभित्र हुन सक्ने लापरवाहीलाई निमन र नियन्त्रण गर्नेछ ।
 
गगनले कुनै पनि प्रगति हुनासाथ प्रगतिविवरण सामाजिक संजालमा पठाउने गर्छन् । यसले पारदर्शीतामात्र बढाउँदैन मन्त्री के गर्दैैछ भन्ने जनतालाई आश्वासन दिन पनि मद्धत गर्छ । 
 
गगन एक पूर्व संचारकर्मी हुन् । त्यसैले उनलाई थाहा छ सूचनाको महत्व । अहिले मानिसका हातहातमा सूचना हुन्छ । त्यसैले पनि उनी सूचना बाँड्न हिच्किचाउँदैनन् । 
 
त्यसैले पनि उनीजस्तो मन्त्रीको खाँचो मुलुकले गरेको छ । अझ त्यसमा पनि नेपाल स्वास्थ्यमा निकै पछाडि छ । थुप्रै काम गर्नुपर्नेछन् । मानिस जीवनभर गरेको कमाइबाट आफूलाई स्वस्थ्य राख्न सक्दैन ।
 
त्यसैले राज्यले त्यस्तो व्यवस्था गरोस् जहाँ स्वास्थ्य निःशुल्क होस् । त्यसका लागि राज्यले निश्चित कर त्यो व्यक्तिबाट उठाउन सकोस् । 
 
नेपाली काँग्रेसका जल्दाबल्दा नेता गगनलाई यतिबेला भलै काँग्रेसको कुनै खेमाले प्रतिशोध साँधेको होला तर अन्य दलका नेताहरु जो साँच्चिकै देशको भलो चाहन्छन् तिनीहरुसमेत नतमस्तक भइसकेका छन् ।
 
गगन अगाडि नबढी हुन्न । धर्तीमा हिंड्नेलाई लाग्छ ठेस । हिंड्नेले नै बाटोमा खेप्छ अवरोध । तर गगन हिंड्न नछोड । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ