arrow

दैनिक चार घन्टा हिँडेर विद्यालय गएर कसरी पढ्नु ?

logo
प्रकाशित २०७३ चैत ३ बिहिबार
students-in-nepal.jpg.jpeg
बाबियाचौर । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको ठाडाखानीका विद्यार्थी मावि तहको शिक्षा हासिल गर्न दैनिक ४ घन्टा हिँडेर पाखापानीको विद्यालयमा पढने गरेका छन् । गाउँमै मावि तहको विद्यालय र छात्रावासको सुविधा नहुँदा ठाडाखानीका बालबालिका पाखापानीमा रहेको अमर माविमा पुग्ने गरेका हुन् । 
 
खोल्सा र वनजङ्गलको बाटोमा २ घन्टा हिँडेर विद्यालय पुग्ने बालबालिकालाई घर फर्कनसमेत त्यतिकै समय लाग्ने गरेको छ । विद्यालय टाढा हुँदा आधारभूत तहको कक्षा ८ सम्मको शिक्षा हासिल गरेका बालबालिकाले पढाइलाई निरन्तरता दिन नसकेको ठाडाखानीमा रहेको मालिका आधारभूत विद्यालयकी प्रअ खिममाया छन्त्यालले बताए । 
 
उनका अनुसार ठाडाखानीका करिब ३० विद्यार्थी कक्षा ९ र १० अध्ययनका लागि पाखापानी जाने गरेका छन् । 
 
“हुनेखानेहरु बेनी, पोखरा, काठमाडौँमा जान्छन्”, प्रअ छन्त्यालले भन्नुभयो, “विपन्न र गरिब समुदायका बालबालिकालाई समस्या परेको छ ।” बिहान ८ बजे विद्यालय हिँड्ने विद्यार्थी साँझ ६ बजे घर पुग्छन् । 
 
विद्यालय पुग्न र घर फर्कनै धेरै समय लाग्ने भएपछि गृहकार्य तथा घरमा अध्ययन गर्न नपाउने अवस्था रहेको विद्यार्थी प्रिया छन्त्यालले बताउनुभयो । 
 
साबिकको पाखापानी गाविस–५ र ६ मा पर्ने ठाडाखानी गाउँमा ९० घरपरिवारको बसोबास छ । 
 
अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको छ । छोराछोरी पढाउनका लागि दश घरपरिवारले बसाइँसराइ गरिसकेका छन् । 
 
ठाडाखानी, रायखोर, कुइनेको भिङखानीलगायत भौगोलिकरुपमा विकट र दुर्गम बस्तीका विद्यार्थीको सुविधाका लागि अमर माविमा छात्रावास स्थापना गर्न पहल गरिएको प्रअ युकुमार गर्बुजाले बताए । 
 
छात्रावास सञ्चालन गर्न भवनको व्यवस्थाका लागि पहल गरिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ