arrow

पूर्वमन्त्री शेरधन राईले सरकारलाई के-के भनेर सरापे ?

logo
प्रकाशित २०७३ चैत ३ बिहिबार
sherdhan_rai.jpeg
भक्तपुर ।  नेकपा एमालेका नेता तथा पूर्व सञ्चार मन्त्री शेरधन राइले मधेशी मोर्चा संविधान कुनै पनि हालतमा कार्यान्वन गर्न नदिने षड्यन्त्रमा लागिपरेको आरोप लगाएका छन् । बिहीबार भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा बोल्दै राईले सरकारले एमाले जस्तो दललाई छाडेर राप्रपा जस्तो दललाई सरकारमा लैजानुको तात्पर्य के भन्दै प्रश्न गरे । उनले सत्ता टिकाउनकै लागि सरकारले यस्तो कदम चालेको ठोकुवा पनि गरे ।  
 
एमाले नेता राईले पटक पटक वार्तामा बोलाउँदा पनि आन्तरिक विवाद मिलाउन नसक्ने मोर्चाले कुनै पनि हालतमा संविधान संशोधन गर्न नचाहेको र विभिन्न बहानाबाजी बनाएर संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्रमा लागिपरेको बताए ।
 
नेता राईले मधेशी मोर्चाको नियतमै खोट भएको बताउँदै मोर्चालाई तीन पटक लिखित रुपमा पत्र नै थमाएर वार्तामा बस्न आह्रवान गर्दा पनि वार्तामा बस्न नचाहेको बताए । मोर्चाको नियतमै खोट भएकाले मधेशी मोर्चा देशलाई कसरी अराजक, द्धन्द्धमा राखिराख्न सकिन्छ भनेर विभिन्न बहानाबाजी गरिरहेको उनले बताए ।
 
वर्तमान संविधान संशोधनलाई जस्ताको तस्तै पारित गरे पनि मोर्चाले कुनै न कुनै बहाना बनाएर वर्तमान संविधान कार्यान्वयन गर्न नदिने उनले स्पष्ट पारे ।मधेशी नेताहरुको दोहोरो चरित्रले समस्या उत्पन्न गरेको बताउँदै भने, मोर्चा नेताहरु मौका परे संविधानसभा आउने भत्ता खाने र सरकारमा जाने, मौका नपर्दा संविधान नमान्ने भनेर विरोधमा हिड्ने दोहोरो चरित्रको अत्य गर्नुपर्छ । मोर्चाले एउटै स्वरमा वार्तामा बस्न चाहेमा राष्ट्रिय एकता र सदभावमा आँच नआउने गरी संविधान संशोधन गर्न सकिने उनले स्पष्ट पारे ।
 
निर्वाचनका सवालमा अहिले अनेकौ खालका गतिविधि भइरहेको बताउँदै नेता राईले निर्वाचन तोकिएको मितिमा सम्भव रहेको र गर्नुपर्ने बताए । मधेशी जनता निर्वाचनको पक्षमा भएको बताउँदै केहि मधेशी नेताले नचाहँदैमा निर्वाचन नरोकिने बताए । 
 
सरकार साँच्चिकै संविधान कार्यान्वयनमा ईमानदार भए प्रतिपक्षी दलसँग सहकार्य गर्नुपर्नेमा त्यो नभएको उनले बताए । सरकारले जतिसुकै तानतुन गरेपनि सरकार केहि दिन केहि महिनामात्र टिक्नेसमेत बताउनुभयो । परिस्थितिलाई सही ट्रयांकमा ल्याउन सरकारले बाटो छोड्नुपर्छ, उनले भने । 
 
संसदमा प्रस्तुत संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा जस्ताको त्यसै पारित हुन नसक्ने बताउँदै एमालेले संविधान संशोधन पारित गर्न नदिने उल्लेख गरे । वर्तमान सरकारले परिवर्तनका उपलब्धी तुहाउनेतर्फ लागिपरेको आरोपसमेत लगाए ।
 
काँग्रेस र माआवादीबीचको सहमतिअनुरुप प्रधानमन्त्रीको आयू एक महिनामात्र बाँकी रहेको अवस्थामा विगतमा सरकार गठनपूर्व सरकारले ब्यक्त गरेका प्रतिबद्धताअनुसार सरकारले काम नगरेको र संविधान कार्यान्वयनमा ईमानदारीता नदेखाएको बताए ।
 
उनले वर्तमान सरकार नैतिकताको आधारमा असक्षम रहेको बताउँदै निर्वाचन समयमा गर्ने, संविधान कार्यान्वयनतर्फ सरकारको ध्यान जान नसकेको र सरकारका आयू मात्र लम्ब्याउने खेलमा लागेको बताए ।
 
एमालेको सामाजिक एकता तथा राष्ट्रियताको जगमा उभिएर अविचालीत रुपमा एमाले एकठिक्का हुँदै आएको बताए । एमालेले संविधान कार्यान्वयनको लागि चार महिना अभियान सम्पन्न गरेको छ, उनले भने, एमालेले गत २१ फागुनबाट सूरु गरेको मेची महाकाली अभियान आज सम्पन्न भएको र त्यो अभियान पूर्ण रुपमा सफल भएको बताए । सप्तरी घटनामा एमाले दोषी नभएको बताउँदै सप्तरी घटनामा मधेशी मोर्चा प्रत्यक्ष दोषी भएको बताउँदै सुरक्षाकर्मीमाथि पेटोलियम बम प्रहार गर्ने कार्य हुँदा प्रतिकारमा दुखद घटना हुन पुगेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ