arrow

कञ्चनपुरमा चार लाखभन्दा बढीलाई हात्तीपाईले बिरुद्ध औषधी खुवाइने

logo
प्रकाशित २०७३ चैत ३ बिहिबार
hattipaile.jpeg
कञ्चनपुर । कञ्चनपुरका साढे चार लाख व्यक्तिलाई हात्तीपाईले रोग बिरुद्ध औषधी खुवाइने भएको छ । राष्ट्रिय हात्तीपाईले रोग निवारण अभियान अन्तरगत चालु आर्थिक बर्षमा चाल लाख, ७६ हजार, १ सय ५१ जनालाई औषधी खुवाईने भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरले चैत्र ५ गतेदेखि ७ सम्म हातीपाईले रोग बिरुद्धको डिएफसी र अल्बेन्डोल नामक औषधी खुवाउन लागेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरले पाँचौ चरणमा औषधी खुवाइन लागेको जनाएको छ ।
 
 जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरका सूचना अधिकारी हेमराज जोशीका अनुसार यस बर्ष दुई लाख, ३९ हजार, ८ सय ७९ पुरुष र दुईलाख ३६ हजार, २ सय ६२ पुरुषलाई उक्त औषधी खुवाउने लक्ष्य रहेको बताए । उनका अनुसार दुई बर्षभन्दा माथि र ७० बर्षमुनीका व्यक्तिलाई औषधी खुवाईने छ । दुई बर्षमुनी, गर्भवती र सिकिस्तलाई यो औषधी खुवाईने छैन् । 
 
जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरका बरिष्ठ जनस्वास्थ्य प्रशासक शिवदत्त भट्टले राष्ट्रिय अभियान भएकाले सबैले सचेतापुर्वक औषधी प्रयोग गर्नुपर्नेमा जोडदिदै । औषधी सेवन गरेर आफु र समाज स्वस्थ्य रहन समेत उनले आग्रह गरेका छन् । गत बर्ष ५लाख, ११ हजार, ३ सय ६७ लाई औषधी खुवाउने लक्ष्य लिएपनि ३ लाख, ८८ हजार, २सय ५३ले मात्रै औषधी खाएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ