arrow

माधव नेपालले प्रचण्डलाई भने–तुरुन्त सत्ता छाड्नुस्

काँग्रेसलाई त सबैले पहिलेदेखि नै शंका गर्थे

logo
प्रकाशित २०७३ चैत ५ शनिबार
madhab-nepal-g-na.jpeg

सुर्खेत । एमाले नेता माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई चुनाव गराउन नसक्ने भए तुरुन्त सत्ता छाड्न भनेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेता नेपालले वर्तमान सरकार चुनाव गराउन खुट्टा कमाईरहेको भन्दै चुनाव गर्न नसक्नेलाई कुर्सीमा बस्ने अधिकार नरहेको तर्क गरे ।

अहिलेको आवश्यकता निर्वाचन गर्नु र संविधान कार्यान्वयन गर्नु रहेको भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, ‘हाम्रो दबाबमा सरकारले चुनावको मिति घोषण गरे पनि संविधान संशोधनको कारण देखाई खुट्टा कमाईरहको छ ।’ प्रधानमन्त्री दाहालतिर संकेत गर्दै नेता नेपालले चुनाव गराउन सक्नु हुन्न भने तपाईलाई कुर्सीमा बस्ने अधिकार छैन, तुरुन्त सत्ता छाड्नुस्,–भने ।

नेता नेपालले निर्वाचन गर्न नसक्ने भए अहिल्यै सत्ता छोडे उत्तम हुने भन्दै तोकिएको मितिमा निर्वाचन गर्ने वातावरण बनाउन एमालेलाई कसैले नरोक्ने र भोट हाल्ने दिनसम्म त विरोध गर्ने कोही नदेखिने ठोकुवा गरे । उनले भने, ‘हामीले निर्वाचन गराउनु पर्ने हो भने । विरोध गर्ने कोही पनि हुने छैन ।’ नेता नेपालले सरकारलाई निर्वाचनमाथि खेलबाड नगर्न आग्रह समेत गरेका छन् । उनले एमालेलाई पाँच वर्ष सरकार चलाउन दिए कायापलट गरिदिने भन्दै एमालेको स्पष्ट बहुमत आए मात्रै मुलुकको मुहार फेरिने बताए ।

काँग्रेसलाई पहिले देखिनै शंका गर्थे
राष्ट्रियताको विषय प्रवेश गर्दैै नेता नेपालले नेपाली काँग्रेसलाई नेपाली पन छ या छैन भनेर पहिले देखि जनताले शंका गर्दै आएको आरोप लगाए । नेपाली नेपालको माया छ कि छैन भन्ने राष्ट्रिय गीतको सन्दर्भ कोट्याउँदै उनले भने, ‘हामीलाई देशप्रति माया छ कि छैन । एक पकट विचार गर्नु पर्छ । आफुलाई कम्युनिष्ट भन्ने माओवादीमा देशप्रति माया छ कि छैन ? नेपाली काँग्रेसलाई त जनताले पहिले देखि नै शंका गर्थे ।’ अहिले माओवादी र काँग्रेसको सरकार छ ।

कञ्चनपुरमा गोविन्द गौतमको हत्या हुँदा भारतसँग केही बोल्न सकेका छैनन्, नेता नेपालले अगाडि भने, ‘गृहमन्त्रालय काँग्रेसकै छ । नेपालमै आएर गोली प्रहार गरी जनता मार्नेहरुविरुद्ध केही बोल्न सकेका छैनन् । अतिक्रमण र ज्यादती उस्तै छ ।’ यी पार्टीभित्र लोकतान्त्रिक चरित्र छ कि छैन ?

एमाले आयो, एमाले आयोभन्दै प्रतिद्वन्द्वीको भागाभाग हुन्छ !
मेची–महाकाली अभियानको सन्दर्भ कोट्याउँदै नेता नेपालले आफुहरु जहाँ जहाँ गयो त्यहाँ त्यहाँ विपक्षी पार्टीका नेता कार्यकर्ताको भागाभाग भएको बताए ।
उनले भने, ‘हामी मेची–महाकाली अभियानमा रहँदा एमाले आयो, एमाले आयो भन्दै प्रतिद्वन्द्वीहरुको भागाभाग चल्यो ।’ जहाँ जहाँ हामीले कार्यक्रम गरेका थियौँ त्यहाँ हजारौँ हजार मानिस भेला भए । यति सम्म कि कञ्चनपुरमा मानिस धेरै थिए वा सुर्खेतमा हामी कन्फ्यूजन भयौँ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ