arrow

डोनाल्ड ट्रम्पले चीनिया राष्ट्रपति सीलाई भेट्दै

logo
प्रकाशित २०७३ चैत ५ शनिबार
बेईजिङ। चीन र अमेरिकाका राष्ट्रपतिको भेटवार्ताको तयारी तिव्र पारिएको छ । दुई देशका विदेश मन्त्रीले दुई देशका राष्ट्रपतिको प्रत्यक्ष भेटबार्ताका लागि पूर्वतयारी स्वरुप विभिन्न छलफल गरेका छन् । 
 
चीनका विदेश मन्त्री वाङ यी र अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सनले शनिबार दिउसो बेईजिङमा साझा एजेण्डाका बारेमा कुराकानी गरेका छन् । 
 
वाङले अमेरिकी राष्ट्रपतिको भ्रमणलाई अत्यान्त महत्वपूर्ण बनाउनेगरी तयारी गरिरहेको कुराकानीका क्रममा टिलर्सनलाई बताएका छन् । विदेश मन्त्रीका रुपमा टिलर्सनको यो पहिलो चीन भ्रमण हो । 
 
टिलर्सनले पनि दुई देशबीचको छलफल र सहकार्य निरन्तर र सुमधुर भइरहेको विश्वास व्यक्त गरे। सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ