arrow

२४ वर्षे युवकद्धारा आत्महत्या, यस्तो छ साढे पाँच पृष्ठ लामो ‘सुसाइड नोट’

logo
प्रकाशित २०७३ चैत ६ आइतबार
suicide.jpeg
मंगलसेन । ‘बूढी ! एउटा इमान्दार केटा खोजेर बिहे गर । म जस्तो रक्सी खानेसँग बिहे गर्नु तिम्रो ठूलो गल्ती हो । यस्तो केटासँग बिहे गर जसले म भन्दाबढी माया गरोस् । मैले जस्तो चोखो माया गरोस् । जसको धेरै सम्पति होस् म जस्तो गरीब नहोस् । गल्ती तिम्रो होइन के थाहा तिमीलाई म यस्तो छु भनेर । सरी बूढी सरी ।’
 
२४ बर्षीय लोकेश सोडारीले आत्महत्या गर्नुअघि लेखेर छोडेको सुसाइड नोटमा भेटिएको एउटा अनुच्छेद हो यो । सँगै जीवन ज्यूने बाचा कसम खाएर बिहे गरेको दुई महिना नपुग्दै लोकेशले सधैँका लागि संसार छोडेर गए । 
 
उनको मृत्युबाट भर्खरै घर भित्याईएकी श्रीमती बेला मात्र नभएर सिंगो परिवार, गाउँ तथा साथीसंङ्गी,आफन्त सबै शोकमा डुबेका छन् ।
 
मंगलसेन नगरपालिका–१४ कालागाउँका लोकेशले झुण्डिएर आत्महत्या गर्नु अघि लेखेको ‘सुसाइड नोट’मा श्रीमतीलाई मात्र होईन आमा, बुबा, साथीभाई सबैलाई सम्झेका छन् । 
 
साढे पाँच पृष्ठ लामो ‘सुसाईट नोट’मा घरपरिवार साथीसंगीसँग माफी माग्नेदेखि लिएर आफूले तिर्नुपर्ने ऋणको विवरण सम्म लेखेका छन् ।
 
‘हजुरको नालायक छोरो गयो’ आमालाई सम्बोधन गर्दै उनले लेखेका छन् । ‘बुबा हजुरलाई सधैँ रुवाएँ, हजुरको अनुहारमा खुसी ल्याउने सपना अधुरो रहयो । म बाँचे पनि हजुरलाई खुसी पार्न सक्दैनथें ।’ बाबुलाई सम्बोधन गर्दै नोटमा उनले लेखेका छन् ।
 
लोकेश चार महिनादेखि छिमेकी ओलीगाउँको मंगलानेर उच्च माविमा निजीस्रोतको शिक्षकको रुपमा काम गर्दै आएका थिए । 
 
उनै लोकेश चैत्र २ गते विद्यालयमा जान्छु भनी श्रीमतीसँग छुट्टिएका थिए । विद्यालय नपुग्दै बीच बाटोमा पर्ने जुपुको जंगलको एउटा रुखमा ज्याकेटको डोरीले झुण्डिएर आत्म हत्या गरेको प्रहरीले जानकारी दिएको छ । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ