arrow

रोचक बन्दै प्रिमियर लिग : आर्सनले म्यान्चेस्टरलाई हरायो

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1719240298.jpeg
एजेन्सी। इङ्गलिश प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । आर्सनलले दावेदार म्यान्चेस्टर युनाइटेडको पोष्टमा ३ गोल गरेको छ । आर्सनलको मैदानमा म्यानयु निरिह बन्यो। गोल गर्न सकेन । इमिरेट्स रंगशालामा आर्सनलका लागि अलेक्सिस सान्चेजले दुई गोल गरे । मेसुत ओजीले एक गोल थप्दै गोल संख्या बढाए । यो जितसंगै आर्सनलले प्रिमियर लिगको उपाधि दाबेदारी पेश गरेको छ । 
 
उता, एभर्टन र लिभरपुलले एक–एकको बराबरी खेलेका छन् । लिभरपुलका ड्यानी इंग्सले टोलीलाई अग्रता दिलाए पनि पहिलो हाफ अघि एभर्टनका रोमेलु लुकाकुले बराबरी गरे । दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन सकेन । यस्तै, स्वान्सी सिटी र टोटनह्याम हट्सपरले २–२ गोलको बराबरी गरे । 
 
लिगमा ८ खेलबाट १८ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ । समान १६ अंक जोडेको आर्सनल दोस्रो स्थानमा उक्लिएको छ भने १६ अंकको म्यानयु गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ