arrow

"सरगमश्री" लिएर उदाइन् इलामकी गायिका झुमा

logo
प्रकाशित २०७३ चैत ९ बुधबार
jhuma-niraula.jpeg
काठमाडौ । गायनमा प्रतिभावान भएर पनि ओझेलमा परेकी पूर्वकी झुमा निरौला "सरगमश्री "एल्बम मार्फत श्रोता माझ उदाएकी छन् । सानै उमेर देखि आफ्नो प्रतिभा स्कूल, क्यापस, जिल्ला तथा राष्ट्रिय स्तरमा  संगीतका पारखीहरुको मन जित्दै आएपनि पछिल्लो समय ओझेलमा परेकी थिइन् । 
 चैत्र ५ गते भएको बुवा कोमल निरौलाको एकल साँझमा उनको गीतको एल्बम "सरगमश्री" सार्वजनिक गर्ने साइत जुराइएकी हुन् ।
 
यसलाई संगीत तथा नाट्य एकेडेमीका कुलपति सरुभक्त श्रेष्ठ ,पुर्व सभामुख सुवासचन्द्र नेम्वाङ तथा गायक तथा संगितकार कोमल निरौलाको हातबाट लोकार्पण गारिएको सो साँझमा आफ्नो गीत पस्किने क्रममा जन्मदिने आमा सम्झिदै  भावबिव्हल बन्दा दर्शक समेत भावबिव्हल बनेका थिए ।  तर पनि उनले आफ्नो भावबिव्हल कै बिच "हेर कान्छा इलाम हाम्रो चिया बारीले ढाकेर राम्रो" गीतको बेजोड प्रस्तुती गर्दा दर्शकहरुले ताली बर्साएका थिए ।
 
इलाम घर भएकी झुमाले पारिबारिक रुपमा नै सानो उमेरबाट नै संगितको ज्ञान पाएको कारण समेत उनको प्रतिभा तिखारिदै गएको बताइन्छ । स्टेज प्रोग्राममा उनी निक्कै रुचाइएकी कलाकार हुन् । संगीत समेत अध्ययन गरेकी उनीलाई संगीतको निक्कै ज्ञान रहेको बताइन्छ ।
 
२०५५ सालमा जिल्ला स्तरीय गायन प्रतियोगितामा प्रथम , २०५७ सालमा नेपाल टेलिभिजन को "ब्राइटर तिम्रो सुर मेरो गित" मा प्रथम , २०६४ सालमा राष्ट्रिय नाच घरले आयोजना गरेको रास्ट्रव्यापी आधुनिक गायन प्रतियोगितामा समेत प्रथम भइसकेकी कलाकार हुन उनी । पहिलो नेपाली तारा टप टेन समेत भएकी झुमाको एल्बममा ६ वटा गीत र एक ट्राक समाबेस गरिएको छ । स्वर्गीय आमा सरस्वती निरौला प्रति समर्पण गरी छोरीको नाममा सरगमश्री एल्बम निकालिएको बताएकी छिन् । 
 
यसमा सबिन भट्टराई ,घनश्याम पथिक ,कोमल निरौला ,गौतम डङ्गोल `सन्देश` ,सौगात बानियाँ र कृष्ण अविरलका शव्दहरु समाबेश भएका छन् भने डेनी निरौला ,हरि लम्साल ,कोमल निरौला ,भिषण निरौला , सौगात बानियाँ र भुगोल दाहाल को संगित रहेको छ । सोझी मान्छे बोलको म्युजिक भिडियो बनाइएको छ यसमा नायिका रिस्ता बस्नेत र सलिन भट्टराईको अभिनय रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ