arrow

न्यूजिल्याण्डको विशाल जित, गुप्टिलले ८ छक्का–९ चौका वर्षाए, ३० बलमै ९३ रन

logo
प्रकाशित २०७२ पुष १३ सोमबार
martin-Guptill.jpg.jpeg
एजेन्सी । श्रीलंकाविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा न्यूजिल्यान्डले १० विकेटको शानदार जित निकालेको छ । क्राष्टचर्चमा सोमबार भएको खेलमा घरेलु टोली न्यूजिल्याण्डले २ सय ५० बाँकी छँदै विशाल जित निकाल्यो । यो जितसंगै न्यूजिल्याण्डले ५ खेलको एक दिवसीय श्रृंखलामा २–० को अग्रता लिएको छ ।
 
टस जितेर पहिले व्याटिङ गरेको पाहुना श्रीलंकाले २७ ओभर ४ बलमा अलआउट हुनुपूर्व १ सय १७ रनको झिनो योगफल तयार पारेको थियो । श्रीलंकाली व्याट्सम्यानले खासै प्रदर्शन गर्न सकेनन् । नुवान कुल्सेकराले १९ रन बनाए । कप्तान एन्जेलो म्याथ्युज र धनुष्काले १७ –१७ रन बनाउन बाहेक अन्य व्याट्सम्यानले दोहोरो अंक स्कोर गर्न सकेनन् । 
 
श्रीलंकाको व्याटिङ लाइन ध्वस्त पार्न न्यूजिल्यान्डका म्याट हेन्री एक्लैले ४ विकेट चट्काए ।  मिचेल म्याक्लेन्गनले ३ विकेट झारे । एक सय १८ रनको सामान्य चुनौती पछ्याएको न्यूजिल्यान्डले ८ ओभ २ बलमै विना कुनै विकेटको क्षतिमा विजय हासिल गरेको हो । 
 
न्यूजिल्यान्डको विशाल जितका लागि विष्फोटक व्याटिङ गरेका मार्टिन गुप्टिलले मात्र ३० बलमा अविजित ९३ रन बनाए । प्लेयर अफ द म्याच घोषित भएका गुप्टिलले १७ बलमा अर्धशतक पूरा गरे । उच्च स्कोरका लागि उनले ८ छक्का ९ चौका वर्षाए । उनलाई साथ दिएका टम लथामले २० बलमा १७ रन जोडे । यी दुईबीचको तेस्रो एक दिवसीय क्रिकेट बिहीबार हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ