arrow

नेपाली नेताहरुसँग चीन सशंकित, दोस्रो जनआन्दोलनपछि विश्वासै रहेन

logo
प्रकाशित २०७३ चैत १४ सोमबार
nepal-china-flag.jpeg
काठमाडौं । ‘कहाँ राजाको बोली कहाँ नेताको बोली’ भन्ने उखान यतिबेला नेपाली नेता र चीनको प्रसङ्गमा मिल्न गएको छ । नेपाल ‘एक चीन नीति’ को पक्षमा भए पनि नेताहरुको छेपारे प्रवृत्तिप्रति चीन विश्वस्त हुन सकेको छैन । त्यसैले कोही चिनियाँ नेता आए वा नेपाली चीन गए भने उसको एउटै वाचा गराउने काम हुन्छ ‘एक चीन नीति’ । 
 
तर यसपटक भने चिनियाँ रक्षामन्त्री बढी नै असन्तुुष्ट भएको पाइयो । उनले खुलेरै नेपालका रक्षामन्त्री बालकृष्ण खाँणसंग भने, ‘जति विश्वास हामीलाई राजा बीरेन्द्रको थियो त्यति विश्वास अहिले हुनै सकेन ।’
 
चिनियाँ रक्षा मन्त्री चाङ वान क्वान तीनदिने भ्रमण सकेर शनिबार स्वदेश फर्किसकेका छन् । १६ वर्षमा पहिलो पटक चिनियाँ कुनै रक्षामन्त्रीले गरेको नेपाल भ्रमणमा नेताहरुलाई यतिबेला नराम्रै झड्का लागेको छ । 
 
द्विपक्षीय सम्बन्ध र पञ्चशीलको सिद्धान्तमा आधारित रहेर एकअर्काको शान्तिपूर्ण सहअस्तित्वलाई सम्मान गर्दै आएको बताइए पनि चीनको इच्छा केवल नेपालबाट चीन विरोधी कुनै पनि गतिविधि नहोस् भन्नेमात्र हो ।
 
चीनले नेपालबाट एउटा विश्वासमात्र चाहेको स्पष्ट छ । रक्षामन्त्री खाँणले चिनियाँ समकक्षीसँगको भेटवार्तामा नेपाल सदैव एक चीन नीतिमा अडिग रहेको र हामी हाम्रो भूमिमा छिमेकी मित्रराष्ट्रको विरुद्धमा कुनै पनि गतिविधि गर्न दिने छैनौँ भनी विश्वास दिलाए ।
 
तर दुवैतिरका गरी झण्डै दुई दर्जन प्रतिनिधि सहभागी उक्त छलफलमा चिनियाँ मन्त्रीले खाँणको बोलीमा शंका व्यक्त गरिरहे । बैठकमा सहभागी एक सैन्य उच्च अधिकारीलाई उधृत गर्दै स्रोत भन्छ, ‘जतिबेला दलाई लामाको उक्साहटमा र युरोपेली तथा अमेरिकी सहयोगमा खम्पा काण्ड लगायत तिब्बत विरोधी गतिविधिहरु हुँदा राजा बीरेन्द्रले बढो सुुझबुुझका साथ समस्या समाधान गरेकाले राजा बीरेन्द्र र नेपालप्रति जुन विश्वास चीनको थियो त्यो अब रहेन, ०६२–६३ को जनआन्दोलनपछि त कुनै पनि नेताहरु विश्वास गर्न लायक भएनन् ।’
 
चिनियाँ रक्षामन्त्रीले ठाडो प्रतिक्रिया दिए । धेरैजसो नेताहरुको भारतसंगको अनावश्यक साँठगाँठकै कारण पनि चीन नेपालप्रति सशंकित छ । त्यस्तै नेताहरुको चरित्रले पनि चीनलाई सचेत हुन वाध्य पारेको चिनियाँ रक्षामन्त्रीले खुलेरै भनेका छन् । (जनभावना साप्ताहिक)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ