arrow

उपप्रधानमन्त्री निधि-भारतीय राजदूत पुरी भेटघाट

logo
प्रकाशित २०७३ चैत १५ मंगलबार
Indian-ambassador-1.jpeg
काठमाडौं।  उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि नबनियुक्त भारतीय राजदूत मन्जिभसिंह पुरीबीच मंगलबार भेटघाट भएको छ । गृहमन्त्रालयमा मंगलबार दिउँसो भएको भेटमा दुई देशबीचको सम्बन्ध र पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको थियो ।
 
भेटमा गृहमन्त्री निधिले नेपालमा हुन गइरहेको निर्बाचनमा लजिष्टिक सहयोगका लागि भारत सरकारको ध्यानाकर्षण गराएका थिए । जबाफमा राजदूत पुरीले नेपालको संबिधानसभा निर्बाचनका बेला पनि भारत सरकारले लजिस्टिक सहयोग गरेको स्मरण गराउँदै आगामी निर्बाचनमा पनि सहयोग गर्ने उल्लेख गरे ।
 
सो भेटमा गृहमन्त्री निधिले नयाँ राजदूत पुरीको कार्यकालमा नेपाल–भारत सम्बन्ध थप मजबुत हुने बिश्वास व्यक्त गरे । राजदूत पुरीले नेपाल–भारतबीचको सदियौं पुरानो घनिष्ठ सम्बन्धलाई आगामी दिनमा थप बिस्तार गर्दै लैजाने प्रतिबद्धता जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ