arrow

भारतीय सेनाध्यक्षलार्इ मानार्थ महारथीको दर्ज्यानी

logo
प्रकाशित २०७३ चैत १६ बुधबार
manartha_maharathi.jpeg
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट भारतका स्थल सेनाध्यक्ष विपिन रावतलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी छिन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले उनलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन्। राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन् । 
 
नेपाल र भारतबीच एकअर्को मुलुकका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने चलन रहिआएको छ । सो अवसरमा रक्षामन्त्री बालकृष्ण खाँण, मुख्य सचिव डा सोमलाल सुवेदी, प्रधानसेनापति राजेन्द्र क्षत्री, नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरी उपस्थित थिए। नेपाली सेनाका पूर्वप्रधानसेनापति, रक्षामन्त्रालयका उच्चपदस्थ अधिकारी र नेपाली सेनाका रथीबृन्दको पनि समारोहमा सहभागिता थियो । यसअघि रक्षामन्त्री बालकृष्ण खाँणसँग सेनाध्यक्ष रावतले शिष्टाचार भेट गरेका थिए । 
 
प्रधानसेनापति क्षत्रीको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष रावत मङ्गलबार चार दिवसीय भ्रमणको सिलसिलामा नेपाल आएका हुन् । उनले नेपालका केही महत्वपूर्ण पर्यटकीय एवम् धार्मिकस्थल तथा नेपाली सेनाको जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालयको भ्रमण गर्ने नेपाली सेनाले जनाएको छ । पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालयको समेत उनले निरीक्षण गर्ने कार्यक्रम छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ