arrow

नेपालद्वारा हङकङ ७ विकेटले पराजित

logo
प्रकाशित २०७३ चैत १७ बिहिबार
cricket-nepal-team-hongkong.jpg
काठमाडौं। बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ७ विकेटले पराजित गरेको छ। २ सय १५ रनको लक्ष्य नेपाली टोलीले ४४.२ ओभरमा भेट्टाएको थियो। नेपालकालगि कप्तान ज्ञानेन्द्र मल्लले ७० रन बनाएका थिए। नेपालले ३ विकेटको क्षतीमा २२० रन बनाएको थियो। 
 
कप्तान मल्लले ८२ बलमा ११ चौकाको मदतले ७० रन बनाएका थिए। नेपालका प्रारम्भिक ब्याट्सम्यान आशिफ सेखले ८ रन बनाएाक थिए भने दिलिप नाथले १२ रनको योगदान दिएका थिए। 
 
नेपालकालागि दिपेन्द्र सिहं ऐरीले ६० र शरद भेषावकरले ५५ रनको योगदान दिएका थिए। हंकंका जाथा सुब्रमन्यनले २ विकेट लिएका थिए। दिपेन्द्रले ८३ बल खेल्दै ६० रन बनाएका थिए भने शरदले ५१ बलमा ५५ रनको योगदान गरेका थिए। 
 
टस जितेर हङकङलाई ब्याटीङमा निम्त्याएको नेपालले सुरुवाती बलिङ राम्रो गर्न नसके पनि पछिल्लो ओभरहरुमा राम्रो बलिङ गर्दै हङकङको सबै विकेट लिएको थियो। 
 
पहिलो विकेटकालागि हङकङले ९५ रनको साझेदारी गर्दै ठूलो स्कोर बनाउने लक्षण देखाए पनि नेपाली कप्तान ज्ञानेन्द्र मल्लले साझेदारी तोड्दै दुवै प्रारम्भिक ब्याट्सम्यानलाई पेविलियनको बाटो देखाएका थिए।  
 
हङकङका अंशुमान रथले ५१ रन बानएाक थिए भने क्यामरुन मकअल्सेनले ४३ रनको योगदान दिएका थिए। 
 
नेपाली बलरहरुमा अविनाश कर्णले ३ विकेट लिएका थिए भने भुवन कार्रकी र सुसन भारीले २-२ विकेट हात ापरेका थिए। नेपालका स्टार लेग स्पिनर सन्दिप लामिछानेले १ विकेट लिएका थिए। 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ