arrow

नेपाली समाज युएईका ९ साधारण सदस्यहरु पुरस्कृत

logo
प्रकाशित २०७२ पुष १४ मंगलबार
Nepali-Samaj-3.JPG.jpeg
लालबहादुर ढेंगा, लक्ष्मी शर्मा, दुबई । सन् १९९० मा स्थापना भई युएईस्थित २५ बर्ष इतिहास बोकेको नेपाली समाज युएईमा आबद्ध रहेका ९ जना साधारण सदस्यहरु पुरस्कृत भएका छन् । सो पुरस्कार गत २५ डिसेम्बर शुक्रबारका दिन दुबईको सिन्धपंजाब रेष्टुरेण्टमा क्रिसमश तथा आउंदै गरेको नयां बर्ष २०१६ को शुभकामना आदानप्रदान कार्यक्रममा दिएको हो । 

उक्त कार्यक्रमको बिशेष अतिथिमा नेपाल पत्रकार महासंघ युएई शाखाका कार्यवाहक अध्यक्ष त्रिलोचन कोइराला, नेपाली एकता समाज युएईका अध्यक्ष कृष्ण केसी र व्यवसायी तथा बिजनेश काउनशिल युएईका कोषाध्यक्ष एकेन्द्र थापा रहेका थिए भने कार्यक्रमको अध्यक्षता नेपाली समाज युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले गरेका थिए । त्यसैगरी अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, व्यवसायी, समाजसेवी र पत्रकारहरु रहेका थिए ।

सोही समाजका प्रवक्ता टिका शिव दत्ताको शुभकामना मन्तव्य लगत्तै उपस्थित विभिन्न संघ संस्थाका पदाधिकारीहरुले आ–आफ्नो मन्तव्यहरु राखेका कार्यक्रमलाई नेपाली समाज युएईका महासचिव मणिप्रसाद भुर्तेलले संचालन गरेका थिए ।

नेपाली समाज युएईले स्थापनाकालदेखि नै युएईस्थित क्रियाशिल विभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्दै नेपालीहरुलाई परिआएको समस्याहरुको समाधानप्रति सक्दो भूमिका निर्वाह गर्दै आएको छ भने विभिन्न क्षेत्रमा रहेर समाजलाई टेवा पु¥याउने व्यक्तिहरुलाई सम्मानित तथा पुरस्कृत समेत गरेको छ ।

नेपाली समाज युएईका साधारण सदस्य ग्रहरण गर्नेहरुमध्ये ९ जना भाग्यशाली विजेताहरुले आकर्षक पुरस्कारहरु हासिल गर्नमा सफल भएका छन् । जसमध्ये पदम कार्की–प्रथम पुरस्कारमा नेपालको लागि दुई त्रर्फी हवाई टिकट, बेदप्रकाश अर्याल–द्धितीय पुरस्कारमा ल्यापटप, अन्य ७ जनामध्ये राम थानी–मोवाइल, दलबहादुर गुरुङ–मोवाइल, अर्जुन लामिछाने–मोवाइल, मोहनलाल श्रेष्ठ–मोवाइल, साहिला तामाङ–मोवाइल, तिल बिक्रम–राईस कुकर र दलबहादुर धिमालले आईरन हासिल गर्नमा सफल भएका छन् ।

सो अवसरमा पुरस्कार विजेताहरुलाई सबैले शुभकामना दिएको थियो । पुरस्कृत भएका सम्पूर्ण व्यक्तिहरुले नेपाली समाज युएईको सदस्यता लिएको खण्डमा पुरस्कृत भएको भन्दै खुशी जाहिर गर्दै समाजलाई धन्यबाद दिएका थिए । नेपाली समाज युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले समाजलाई माया गर्दै सहयोग गरेको भन्दै सबैलाई धन्यबाद दिनु भएको थियो भने आगामी दिनहरुमा अझै सशंक्त ढंगले अगाडि लैजान प्रतिवद्धता समेत व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ