arrow

आर्सनल शीर्ष स्थानमा, चेल्सी र म्यानयु रोकिए

logo
प्रकाशित २०७२ पुष १४ मंगलबार
Aarsanal.jpg.jpeg
एजेन्सी । आर्सनल इङ्गलिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार रातिको एएफसी बर्नमाउथलाई हराउँदै आर्सनल लिगको अंक तालिकामा शीर्ष स्थानमा पुगेको हो । घरेलु मैदानमा आर्सनलले बर्नमाउथलाई २–० ले हरायो । आर्सनलको जितका लागि ग्याब्रिएल पउलिष्टा र मेसुट ओजीलले एक–एक गोल गरे ।
 
यस्तै, नर्विच सिटीले एस्टन भिल्लालाई २–० ले हराएको छ । टोटनह्याम हट्सपरले वाट्फोर्डलाई २–१ ले पराजित गर्दा न्यूकासल युनाइटेड वेष्ट ब्रोमविच आल्बियनसंग १–० ले पराजित भयो । वेष्टह्याम युनाइटेडले साउथ ह्याम्पटनलाई २–१ ले पाखा लगायो । स्टोक सिटी र एभर्टनको प्रतिस्पर्धात्मक टक्करमा सिटी ४–३ को संघर्षपूर्ण जित निकाल्न सफल भयो । 
 
मुख्य प्रशिक्षक जोजे मौरिन्होको वहिर्गमनपछी लयमा फर्किएको भनिएको चेल्सी र पछिल्लो समय खस्केको म्यान्चेस्टर युनाइटेड गोल रहित बराबरीमा रोकिए । म्यानयुको खराब लयले प्रशिक्षकको जागिर संकटमा परेको छ । उता, क्रिष्टल प्यालेस समेत घरेलु मैदानमा स्वान्सीसंग गोल रहित बराबरीमै रोकियो । लिगमा १९ खेलबाट ३९ अंक जोडेको आर्सनल शीर्ष स्थानमा छ । एक खेल कम खेलेको लेस्टर सिटी ३८ अंक सहित दोस्रो स्थानमा छ । ३५ अंकको टोटनह्याम तेस्रो तथा समान ३५ अंकको म्यान्चेस्टर सिटी चौथो स्थानमा छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ