arrow

फर्किए भारतीय सेनापति रावत

logo
प्रकाशित २०७३ चैत १८ शुक्रबार
raut_returns.jpeg
काठमाडौै । भारतीय सेनाध्यक्ष जेनेरल बिपिन रावत नेपालको च।रदिने औपचारीक भ्रमण पुरा गरी स्वदेश फिर्ता भएका छन् । रावत औपचारिक नेपाल भ्रमण शुक्रबार स्वदेश फिर्ता भएका हुन् । प्रधान सेनापती राजेन्द्र क्षेत्रको निमन्त्रणामा नेपाल भ्रमणमा आएका रावतलाई नेपाली सेनाका रथी पुर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाई गरेका छन् ।
 
भ्रमणका क्रममा भारतीय सेनाका प्रमुख रावतले चैत्र १६ गते राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गरेका थिए ।
 
नेपाल तथा भारतबीचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक सम्बन्ध रहेको साथै मित्रवत सैनिक सम्बन्धको निरन्तरता स्वरुप विगत दशकौंदेखि नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय सेनाका प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथीकोे दर्जा प्रदान गर्ने परम्परा रहेको छ । उक्त मानार्थ महारथी दर्जा ग्रहण गर्न भारतीय स्थल सेनाध्यक्ष रावत नेपाल आएका थिए । 
 
उनको भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं विस्तार गर्न थप मद्दत पु¥याएको विश्वास नेपाली सेनाले लिएको सैनिक जनसम्पर्क निर्देशनालयले बिज्ञप्ति मार्फत जानकारी गराएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ