arrow

पत्रकारका लागि गेष्ट हाउसमा ५० प्रतिशत छुट

logo
प्रकाशित २०७३ चैत १८ शुक्रबार
Journalist-Step-5.jpg.jpeg
चितवन । उद्योग वाणिज्य सङ्घ चितवनद्वारा सञ्चालित गेष्ट हाउसमा पत्रकारका लागि ५० प्रतिशत छुट दिइने भएको छ । नारायणी नदीको किनारमा रहेको सो गेष्ट हाउसमा एसिसहितका पाँचवटा र एसिरहित ११ वटा कोठा छन् । यसअघि सो गेष्ट हाउसमा पत्रकारलाई ३० प्रतिशत छुट दिइँदै आएको थियो । 
 
नेपाल पत्रकार महासङ्घ चितवन शाखाको नवनिर्वाचित कार्यसमिति र पार्षदका लागि शुक्रबार आयोजना गरिएको बधाई तथा स्वागत कार्यक्रममा सङ्घका अध्यक्ष राजन गौतमले सो घोषणा गरेका हुन्। सो अवसरमा उनले समाचार सङ्कलन गर्न देशका जुन कुनै कुनाबाट चितवन आउने पत्रकारलाई सो सुविधा प्रदान गरिने बताए। 
 
पार्किङसहितको सो गेष्ट हाउसमा रहेका एसि कोठालाई एक हजार ५०० देखि रु एक हजार ७५० सम्म र एसि नभएका कोठालाई रु नौ सय भाडा लिने गरिएको छ । उक्त सुविधासँगै बाहिरी जिल्लाबाट चितवन आउने पत्रकार प्रत्यक्ष रुपमा लाभान्वित हुने पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडा बताउँछन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ